विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि रकम अपुग भएपछि बेनी नगरपालिकाले थप ५० लाख विनियोजन गरी १ करोडको कोष स्थापना गरेको छ।

आइतबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले उक्त कोषमार्फत न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा १० बेडको‘आइसोलेसन वार्ड’ स्थापना गरिने नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताउनुभयो ।

पहिलो चरणमा विनियोजन गरिएको ५० लाख वडास्तरमा राहत, क्वारेन्टाइनमा बस्नेलाई खाना लगायत कोरोना रोकथामको अभियानमा खर्च भएकाले कोषका बजेट थपसँगै जनप्रतिनिधिले समेत ब्यक्तिगत सहयोग रकम थप गर्ने बताउनुभयो ।‘सडकमा बेवारिसे अवस्थामा रहेकालाई सोमबारदेखि नगरपालिकाले नै नियमित खाना खुवाउँछ,‘उहाँहरुलाई उचित ब्यवस्थापन गरिन्छ’प्रबक्ता बराईलीले भन्नुभयो ।

उहाँका अनुसार नगरभित्रका १० वटै वडामा दिर्घरोगीलाई समेत औषधी ढुवानी गरिने, छिमेकी बागलुङ सँग जोडिएका बस्तीहरुमा नियमित निगरानी गर्न स्वयमसेवक परिचालन, अनुगमन गरी आवश्यक स्वास्थ्य साम्रागी उपलब्ध गराउने बताउनुभयो ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम तथा उपचार कोष सञ्चालन सम्बन्धि कार्यविधि–२०७७ संसोधन गरिएको समेत जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत छवि सुबेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, स्वास्थ्य शाखाकी लिला गौतम, सूचना अधिकृत यूवराज थापा लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा नगरपालिका भित्र वितरण गरिएको राहतका बारेमा जिज्ञासा राखेका थिए ।

Leave a Reply