अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बाँकेका ८ जना मजदुरलाई पर्वतबेनीबाट उद्धार

On: April 19, 2020 7:18 PM
Follow Us:
---Advertisement---

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत मुस्ताङको थासाङ गाउँपालिका–४,घासाबाट पैदल हिडेर आएका ८ जना मजदुरलाई उद्धार गरिएको छ । बाँके जिल्लाबाट आएका मजदुरले लकडाउनका कारण कामा रोकिएपछि घाँसाबाट पदैल हिडेर आएको अवस्थामा पर्वतबेनीबाट उद्धार गरिएको वारीबेनी प्रहरी चौकीका प्रमुख भरत गौतमले बेनीअनलाइनलाई बताए । ‘हिजो गलेश्वरमा बसेका थिए,‘आज डिमुवासम्मको जिम्मा लिएर पठाइएको छ’ गौतमले भने ।मुस्ताङको घाँसाबाट दुई दिन हिडेर गलेश्वसरमा बसेको अवस्थामा एकजनाको बुबाको मृत्यु भएकाले घरमै जानुपर्ने अवस्था रहेकाले टोलीका धन बहादुर सुनार सहित सबैलाई पठाइएको प्रहरीले जनाएको छ । एक महिना अगाडी आएका मजदुरले १० दिन मात्रै काम गरेका थिए । स्थानीय ठेकेदारले १० दिनको ज्याला दिएपनि खाद्यान्नमै सकिएपछि पैदल हिडेर बेनीसम्म आएको टोलीका परियारको भनाई उद्धित गदैं पत्रकार राकेश शर्माले जानकारी दिए । म्याग्दीमा अलपत्र परेकाहरुलाई उद्धार गरेर सुरक्षित स्थानमै राािखएको छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन