---Advertisement---

म्याग्दीका यूवा पोखरामा एकमहिना देखि बेपत्ता

On: April 20, 2020 11:24 AM
Follow Us:

निर्माणसम्बन्धि काम गर्न पोखरा गएका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका एक यूवा विगत एक महिनादेखि बेपत्ता भएका छन् । सडक र घरसम्बन्धि काम गर्ने गएका अर्मन छिस्वाङका ३५ बर्षिय पूर्णबहादुर विक गएको चैत्र महिनाको ९ गतेदेखि परिवारको सम्पर्कमा नरहेपछि खोजीकार्य सुरू गरिएको वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीलाई उद्धित गदैं सृजना यूवा क्लवका सचिव जगत बानियाँले बताए।

उनका अनुसार परिवारले पटकपटक सम्पर्कको प्रयास गरेपनि कुनैमाध्यमबाट सम्पर्क हुन नसकेपछि खोजीकार्यमा अपिल गरिएको बताए ।गाउँमै काम गदैं आइरहेका विक साथीहरुसँग सामुहिक काम गर्ने भन्दै पोखरा गएको विकका बुबा चक्रबहादुरले बताए ।‘हामीले खोज्ने सबै ठाउँमा खोजिसक्यौ,‘कसैले देखेमा सम्पर्क गरिदिनुहोला’ उनले भने । पोखरामा काम गर्ने ठाउँ, आफन्त लगायत विभिन्न क्षेत्रमा खोजीकार्य गरेपनि फेला नपरेको भन्दै परिवारले चिन्ता ब्यक्त गरेका छन् । लकडाउनपछि आवतजावतमा समेत समस्या भएकाले खोजीकार्यमा थप समस्या परेको भन्दै सामाजिक सञ्जालमार्फत समेत खोजी सुरु गरिएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।