---Advertisement---

दानाको फगाममा चक्कु प्रहारबाट एक जना घाईते

On: April 20, 2020 5:27 PM
Follow Us:

जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ दानाको फगाममा अचानक चक्कु प्रहार गर्दा एक जना घाईते भएका छन् । गाउँमा भिर मह काट्न जाने क्रममा विवाद भएपछि ४० बर्षिय दुर्गाबहादुर थापाले स्थानीय कृष्ण बहादुर बस्याललाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

‘घाँटीमै चक्कु प्रहार गरेको देखिन्छ,‘बोल्न सक्ने अवस्थामा छन्’ प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई भने । उनका अनुसार घटनामा संलग्न थापा प्रहरी नियन्त्रणमा लिएको छ भने घाईतेको अवस्था खतरामुक्त छ । दुवैजना मह काट्न जाने क्रममा विवाद भएपछि थापाले चुक्क प्रहार गरेका थिए।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार थापाले लगातार चक्कु प्रर्दशन गर्दा नियन्त्रणमा समेत हम्मेहम्मे परेको थियो । स्वास्थ्य चौकीमा समान्य उपचार पछी थप उपचारको लागि बेनी अस्पतालमा ल्याइदैछ । घटनामा संलग्न थापालाई प्रहरी चौकी दानाबाट खटिएकाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरी मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।