कोरोना भाइरस (कोभिड-१९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि मालिका गाउँपालिका-१ निस्कोटका एक यूवाको ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ । विदेशबाट आएका आफन्तसँग बसेका यूवालाई सोमबार बेनी अस्पतालमा ल्याइएको थियो ।

कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीको नेतृत्वमा गएको टोलीले यूवालाई दरबाङबाट एम्बुलेन्समा बेनी अस्पतालमा ल्याएको थियो । ज्वरो र सास फेर्न समस्या भएको बताएपछि ‘स्वाब’ संकलन गरी गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई बताए ।

‘यूवाले नै आफुँलाई समस्या महसुस गरेपछि थप पुष्टी गर्न पोखरा पठाइएको छ,‘अहिले क्वारेन्टाइनमा राखिएको छ’ कटुवालले भने । स्वाबे रिपोर्ट नआएसम्म न्यू वेष्ट प्वाइन्टमा रहेको क्वारेन्टाइनमै राखिने जनाइएको छ । म्याग्दीबाट यसअगाडी १५ स्वाब परीक्षणको लागि पठाइएकोमा सबै नमुनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

Leave a Reply