छिमेकी जिल्ला बागलुङबाट लुकिछिपी म्याग्दीको बस्तीमा आउने क्रम रोकिएको छैन् । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट जोगिन सिमा क्षेत्रका सडक र पैदलमार्ग ‘सिल’ गरिएपनि जंगलको बाटो प्रयोग गरी आफन्तको बास बस्न आउनेलाई स्थानीयले स्वयंमसेवक, प्रहरीले धमाधम फिर्ता पठाउन थालेका छन् ।

सोमबार राती बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको ओखले हुदै बेनपा–३ मुसुङको बाटो प्रयोग गरी मंगला गाउँपालिका-४ बुकेनी आफन्तको बस्न आएका २ पुरुष र एक महिलालाई फिर्ता गरिएको छ ।

गाउँमा प्रवेश गरेको जानकारी पाएलगत्तै स् सिंगा प्रहरी चौकीका जवान सरोज थापा, नेपाल यूथ परिषद् म्याग्दीका सदस्यहरि कँडेल र स्थानीय स्वयमसेवक शेर बहादुर रोकाले आफन्तको घरमा छुट्टै कोठामा राखेर विहानै फिर्ता गरेको स्थानीयले बताएका छन् ।‘अझै आउने क्रम रोकिएको छैन्,‘जंगलको बाटोबाट जोखिम मोलेर भएपनि आउने गरेका छन्’ परिषद्का सदस्य कँडेलले बेनीअनलाइनलाई भने ।

धम्जाबाट करिव ७ घण्टाको पैदलयात्रा परी आएकालाई अर्को सूचना नहुदाँसम्म गाउँमा प्रवेश नगर्न समेत प्रहरीले सचेत गराएर फर्किएको थियो । यसअगाडी बागलुङको ताराखोल गाउँपालिकाबाट समेत आएका थिए। लकडाउनको अवधिमा बरंजाका बिभिन्न स्थानबाट २१ जनालाई बागलुङ फिर्ता गरिएको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौर, अर्जम, बेनपा–२ फाँपरखेत, गौस्वरा, बेनपा–३ भकिम्लीका साथै पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाबाट म्याग्दीका बस्तीहरुमा बागलुङबाट सडक र पैदलयात्रामार्फत आउने गरेका छन् ।

 

Leave a Reply