कोरोना भाइरसको संक्रमण हुुन नदिको म्याग्दी प्रवेशमा कडाई गरिएपनि सडक सञ्जालको प्रयोग गरी विभिन्न जिल्लाबाट म्याग्दीमा ठूलो संख्यामा सर्वसाधारण भित्रिएका छन्। काठमाण्डौ लगायतका जिल्लाबाट मंगलबार बेलुकासम्म सवारीसाधनकै प्रयोग गरी १ सय २१ जनालाई प्रवेश गरेका छन्।

पछिल्लो दुई दिनमा तराईका विभिन्न जिल्लाबाट समेत म्याग्दीमा प्रवेश गरेकालाई क्वारेन्टाइनमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।

जिल्लाभित्र प्रवेश गरेकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय समेत भएका सम्बन्धित स्थानीय तहमा प्रवेश गरेकालाई क्वारेन्टाइनमा बस्ने वातावरण बनाउन समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो। ‘सतर्कता अपनाउने समय आएको छ,‘सबैलाई सुरक्षित हुन अनुरोध गर्दछौ’प्रजिअ ढकालले भन्नुभयो ।

अहिलेसम्म संक्रमित भएको जिल्लाबाट म्याग्दीमा प्रवेश नगरेकाले समस्या नभएपनि जिल्लामा आउनेलाई न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा राखेर सम्बन्धि पालिकालाई जानकारी गराउने कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो । ‘समन्वय गरेर मात्रै ल्याउनुपर्छ,‘बसमा आएका सबै सम्पर्कमा नआउँदा जोखिमको सम्भावना देखियो’ केसीले भन्नुभयो ।

विभिन्न जिल्लाबाट विना समन्वय धमाधम जिल्लामा सवारीसाधन भित्रिन थालेपछि ग्रामिण क्षेत्रमा समेत बाहिरी जिल्लाबाट आएकाहरुबाट सर्वसाधारण त्रसित हुने गरेकाले केही समय आवतजावत रोक्न सकेमा जिल्लालाई सुरक्षित बनाउन सकिने भन्दै बाध्यताले आउनेलाई सम्बन्धित पालिकालाई कडा निगरानी राख्न समेत दवाव दिइएको छ । अहिले पैदलमार्गको प्रयोग गरेर समेत अन्य जिल्लाबाट आउजाउ गरिरहेका छन्।

Leave a Reply