गोरखा जिल्लामा भुकम्पले भत्किएको संरचना बनाउन आएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का १७ बर्षिय रमेश केसी पैदल र सवारीसाधनको प्रयोग गरी पाँचदिनमा म्याग्दीको सदरमुकाम बेनी आए । करिब ६ महिना अगाडी गोरखा पुगेका केसीसँगै रहेका ९ जना मजदुरलाई बुधबार बेनीबाट उद्धार गरिएको छ । पश्चिम म्याग्दी हुदै आफ्नो गाउँमा जान सहज हुने भन्दै पैदल हिडेरै घर पुग्ने निचोडले गोरखाबाट पोखरा, कुस्मा हुँदै बेनी आएका उनीहरूले ठाउँ–ठाउँमा मागेर खादै जाने योजना बनाएर आएको सुनाए । ‘गोरखाबाट बैशाख ५ गते हिडेका थियौं, बेनीसम्म आउन ५ दिन लाग्यो’ पवन केसीले भने ।

उनले ठाउँठाउँमा जनप्रतिनिधि, यूवा क्लव लगायतको सक्रियतामा भोकभोकै बस्न नपरेपनि पैदल यात्रामा निकै सास्ती भएको सुनाए । सदरमुकाम बेनी र पर्वतबेनी जोड्ने पक्की पुलमा अलपत्र अवस्थामा भेटिएकालाई प्रशासन, पत्रकार, उद्योग बाणिज्य संघ र मजदुर संगठनको पहलमा उनीहरुलाई बेनीबाट बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पु¥याउने गरी उद्धार गरिएको हो । पोखराबाट कुस्मा सम्म सवारीमा आएका उनीहरु म्याग्दीको बेनी, दरबाङ हुँदै करिब ५ दिनमा घर पुग्ने गरि यहाँबाट पैदल यात्राको लागि प्रहरी र प्रशासनको अनुमतिको पखाईमा रहेका मजदुरलाई म्याग्दी हुदै चौरजहारी नगरपालिका पुग्न धेरै दिनको पैदलयात्रा तथा सास्ती हुने भएकाले सवारीसाधनकै प्रयोग गर जानुपर्ने अवस्थाका बारेमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई जानकारी गराएलगत्तै उद्धारको प्रयास भएको थियो ।

रुकुमका मजदुर अलपत्रप परेको समाचार संकलन गर्न गएका पत्रकारले गुगल म्यापको आधारमा पश्चिम म्याग्दीबाट पुग्न धेरै सकस हुने भन्दै बागलुङ प्रशासनसंग समन्वय गरी उनीहरुलाई बागलुङ हुँदै जानको लागि आबश्यक गरिएको थियो ।

मजदुरहरुको संगठन क्युपेक म्याग्दीकी नेतृ देवी राईले मजदुरहरुको समस्याबारे पत्रकार र प्रशासनलाई जानकारी गराएकी थिईन् । म्याग्दी प्रशासनको पहलमा उनीहरुलाई बेनीबाट मालढुंगासम्म सवारी मार्फत पु¥याईएको छ । बागलुङमा प्रशासन र स्थानीय तह मार्फत खाना र बुर्तिबाङ सम्म पु¥याउने समझदारी भएको छ भने बेनीस्थित लायन्स क्लव पिस सिटीले समेत खाजा, पानी हस्तान्तरण गरेको थियो ।

उनीहरुलाई बुर्तिबाङदेखि भने रुकुमकै प्रशासनले उनीहरुको उद्धार गर्ने भएको छ । अलपत्र अवस्थामा भेटिएकाको समाचार संकलन गर्न गएका पत्रकारले आवश्यक समन्वय गरेको भन्दै मजदुरले आभार ब्यक्त गदैं घरमा पुगेपछि खवर गर्ने बताएका थिए ।

Leave a Reply