उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङलाई ४० दिन लकडाउन गरिएको छ । वडाभित्र निर्माणधिन अवस्थामा रहेका साना–ठुला जलविद्युत आयोजना सहित अन्य विकास निर्माणमा बाहिरी जिल्लाबाट आउने मजदुरसँगै कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सिंगो वडामा ४० दिने लकडाउन गरिएको हो ।बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुख्य प्रवेशद्धारमै गाउँलेले चौबिसै घण्टा पहरा दिँदै आएको अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बेनीअनलाइनलाई बताउनुभयो । ‘लकडाउन अवधिभर विना अनुमति गाउँमा प्रवेश गर्न पाइदैन्,‘भित्रिनेसँग अनिवार्य कोरोना संक्रमण नभएको मेडिकल प्रमाण चाहिन्छ’ पूर्जाले भन्नुभयो । उहाँका अनुसार बिहिबार रोल्पाका ३२ जना कामदारले जान चाहेकाले पठाइएको बताउनुभयो ।

पक्की र झोलुङे पुलमा आलोपालो ८ दिनसम्म चेकपोष्टमा स्वतस्स्फूर्त कार्ययोजना बनाएर खटिएका समुदायलाई जनप्रतिनिधिले समेत साथ दिएका छन् । पक्की पुलमा गेट राखेर ताला लगाएर रातदिनै पहरा दिइरहेको स्थानीयले नारच्याङलाई जोड्ने सबै झोलुङे पुलहरु बन्द गरेका छन् ।लेक गाउँ, बगर गाउँ, बेंसी टोल र खेम्दी टोललाई जिम्मेबारी दिइएको छ । हरेक टोलले ८ दिनसम्म सिमा क्षेत्रमा खटिनुपर्ने छ भने यूवा क्लवहरूले समेत सोही अभियानमा साथ दिनेछन् । कोरोना भाइरसको संक्रमण फैलिका जिल्लाहरुबाट समेत नारच्याङमा मजदुरी गर्न आउनेलाई गेटबाटै फिर्ता पठाइने स्थानीयको भनाई छ ।भारतसँग सिमाना जोडिएका जिल्लाबाट मजदुर गर्न आउनेलाई छिमेकी वडाबाटै पठाउने गरी यूवाहरु समेत परिचालन गरिएको छ । जनप्रतिनिधि र समुदायको पहलमा सुरु भएको अभियानले स्थानीय समेत उत्साहित भएका छन् । नारच्याङ भित्रको जनजीवन सरकारी लकडाउन अनुसार नै खुकुलो बनाउने बताइएको छ ।

Leave a Reply