बागलुङ जिल्लाको पहिलो तथा नेपालको पाँचौ कोरोना संक्रमित १९ बर्षीया युवतीको पाँचौ स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यससँगै पाँचौ पटकमा उनलाई संक्रमण नभएको पाइएको छ । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत युवतीलाई १५ चैतमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

गत चैत ४ गते क्यु आर ६५२ नम्बरको जहाजमा बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेकी ती युवतीमा चैत १५ गते कोरोना भाइरस पोजेटिभ भएको पुष्टी भएको थियो ।

चारपटक सम्म पोजेटिभ देखिएपनि पाँचौ पटक बुधवार पठाइएको स्वाबको रिपोर्ट बिहिवार नेगेटिभ आएको हो । अस्पतालले बुधबार पठाएको पाँचौ स्वाब परीक्षणको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

युवतीको अवस्था सामान्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताउनुभयो । युवतीको २४ घण्टा भित्र अर्को छैठौं स्वाब संकलन गरि पठाइने पोखरेलले बताउनुभयो । उक्त स्वाबको रिपोर्ट पनि नेगेटिभ आएमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ ।

ती युवती पनि सञ्चो भएर घर फर्केपछि बागलुङमा कोराना संक्रमित रहनेछैनन् ।यसअघि बागलुङकी दोस्रो तथा नेपालकी छैठौं कोरोना संक्रमित ६५ बर्षिया महिला निको भएर घर फर्किसक्नुभएको छ । ती युवतीसँगै बेल्जियमबाट आएकी बृद्धा महिलामा पनि भाइरसको संक्रमण देखिएको थियो ।

Leave a Reply