बेनी नगरपालिका-८ डल्लेपिपलमा बुधबार राती अचेत अवस्थामा भेटिएका एक यूवाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ ।

बेनी-गलेश्वर सडकखण्ड अन्तरगत न्यू वेष्ट प्वाइन्ट आवासीय मावि नजिक सडकमै लडेको अवस्थामा भेटिएका रघुगंगा गाउँपालिका-२ भगवती घरभई बेनीको शिक्षामार्गमा बस्ने अनिल केसीलाई अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरीको टोली खटी गई आवश्यक अनुसन्धान कार्यपश्चात शव पोष्टमार्टम गरी आफन्तलाई बुझाई पठाइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘घटना अगाडी यूवासँग रहेकालाई अनुसन्धानको घेरामा राखेका छौ,‘पोष्टमार्टमको रिर्पोट आएपछि थप अगाडी बढाउँछौ’ प्रनाउ कुँवरले भन्नुभयो ।

मृतक यूवा गएको स्थान तथा त्यहाँ रहेकाहरुसँग प्रहरीले सोधपुछ सुरू गरेको छ । अचेत अवस्थामा भेटिएका यूवा लडेको ठाउँमा रगतका टाटाहरु देखिएको छ । मृतकका परिवारले घटनाको निस्पक्ष छानविनको माग समेत गरेको बताइएको छ ।

Leave a Reply