उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरी हाइड्रो पावर लिमिटेडका कार्यरत रोल्पा जिल्लाकी मालु विक दुई दिनदेखि भोकभोकै थिईन् । आयोजनामा कार्यरत मजदुरलाई खाना पकाएर खुवाउने काम पाएपछि उनले लकडाउनका कारण काम ठप्प भएपछि समस्यामा परेको बताईन् ।

करिब ६ महिना अगाडी आएकी बिकले तत्काल काम हुने सम्भावना नदेखेपछि रोल्पा लगायत अन्य जिल्लाबाट आएका ३१ जना मजदुरसँगै घर फर्किइन् । त्यो समुहमा विक एक्ली महिला हुन् । ‘भोकभोकै बस्नुपर्ने अवस्था आयो,‘सुरक्षित घर पुग्न पाए भोकै भएपनि फरक पर्ने थिएन’ विकले भनिन् । नारच्याङबाट बिहिबार विहानै हिडेर बेनी आएपुगेकी विकसँगै रहेका १८ बर्षिय अजय पुनले समेत दुई दिनसम्म भोकभोकै बस्नुपरेको बताए । ‘धेरै रातीको समयमा विभिन्न बस्ती हुदै घर फर्किए,‘त्यहाँ बस्नुभन्दा भोकै हिड्नेहरुसँगै लागे’ उनले भने । आयोजनामा कार्यरत रोल्पा, दाङ लगायतका जिल्लाका ३२ जनाले नारच्याङबाट पदैल गलेश्वरसम्म आएर त्यहाँबाट सवारीसाधनको प्रयोग गरी मगर संघ म्याग्दी र लायन्स क्लव बेनी पिस सिटीले खानाको ब्यवस्थापन गरेको थियो ।

आयोजनास्थलमै अलपत्र परेका मजदुर पैदल हिडेर आएको अवस्थामा खानाको ब्यवस्थापन देखेर खुसी भएका थिए । ‘निकै राम्रो ब्यवस्थापन गर्नुभएको रहेछ,‘हामीले खाना खाएर गन्तब्यतर्फ लागियो’ दाङका उपेन्द्र डाँगीले भने । ‘खाना खुवाएकोमा आयोजक सबैलाई भने ‘आत्मैदेखि धन्यवाद छ’ अर्का एक मजदुरले भने ।

उनले सामुहिक भोजनसँगै सम्मानले मानवीय सेवाको महसुस भएको बताउँदै बाटोमा र बेलुकीको खाना र खाजाको समेत ब्यवस्थापनले सहज भएको बताए । लायन्स क्लव ३२५ बि बान नेपालका चिप ओ–एडभाइजर चन्द्रकुमार केसी,बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्य, क्लवका अध्यक्ष नरेश श्रेष्ठ, मगर संघ म्याग्दीकी अध्यक्ष डमायाँ पाईजा लगायतले भोजनमा सघाएका थिए ।

नारच्याङबाट मजदुर पैदल आएको जानकारी बाटोमा पाएलगत्तै खोजनको ब्यवस्थापन गरिएको मगर संघका उपाध्यक्ष लोकेश पुनमगरले बताए । लायन्स क्लवले भोकभोकै हिडेकालाई खानाको समेत ब्यवस्था गरेको थियो । कोरोना भाइरस बिरुद्धको अभियानमा क्लवले विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको छ ।

Leave a Reply