कोरोना भाइरस (कोभिड- १९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको मालिका गाउँपालिका–१ निस्कोटका एक यूवाको रिपोर्ट नेगेटिभ आएको छ ।
ज्वरो र सास फेर्न समस्या भएको बताएपछि ‘स्वाब’ संकलन गरी गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएकोमा बिहिबार रिपोर्ट नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बेनीअनलाइनलाई बताउनुभयो । यूवालाई दरबाङबाट एम्बुलेन्समा बेनी अस्पतालमा ल्याएको थियो ।
विदेशबाट आएका आफन्तसँग बसेका यूवाले असहज महसुस गरेपछि सोमबार बेनी अस्पतालमा स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएकोमा रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्नु नपर्ने चिकित्सकले बताएका छन् । म्याग्दीबाट हालसम्म १५ स्वाब परीक्षणको लागि पठाइएकोमा सबै नमुना नेगेटिभ आएको छ ।