उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीकी सावित्री थापामगरले अभिभावक बिहिन बालबालिकाको हेरचाहमा डेढ दशक विताईन् । नेपाल बाल संगठनद्धारा सञ्चालत बालगृहकमा जन्मदिने आमाले छोडेर अलपत्र परेका शिशुलाई आफ्नै काखमा हुर्काएकी थापाको काखबाटै ८ जनाले एसइई उत्र्तिणा समेत गरिसकेका छन् ।

चाडपर्वमा बुबाआमालाई सम्झिएर आँसु झार्ने बालबालिकाको न्यानो काख बनेकी साबित्रीलाई बिहिबार आमाको मुख हेर्ने दिनमा केही बालबालिकाको सम्मानले भाबुक समेत भएको बताईन् ।

‘जन्मदिने अभिभावक गुमाएकाहरूलाई आफ्नै छोराछोरी जस्तै हुर्काउन पाएको छु,‘भगवानले मलाई ठूलो जिम्मेबारी दिनुभएको छ’साबित्रीले बेनीअनलाइनलाई भनिन् । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मनाइने गरिएको मातातिर्थ औंसीमा एसइई दिएर बाहिरिएकाले फोनमा सम्झिने गरेको उनले बताईन् ।‘बालगृहबाट बाहिरिएका छोराछोरीहरूको धेरै सम्झना आउँछ,‘ मेरो लागी सबै आफ्नै कोखबाट जन्मिएका सन्तान हुन्,‘धेरै छोराछोरीको अभिभावक हुने अवसर पाएकी छु’उनले भनिन् । आमाबाबु सम्झेर रातभर रोएका बालबालिकासँगै धेरै रात रोइदिएको उनले बताईन् । ‘उनीहरू रूदाँ म पनि आँशु बगाई दिन्छु’ उनले भाबुक हुदै भनिन् ।

बालगृहमा प्रवेश गर्दा ८ जना बालबालिकाहरूबाट सुरू भएको दैनिकी अहिले १३ जना बालबालिकालाई दैनिक हेरचाह गर्ने गरेकी थापामगर आफै मुटु रोगी हुन् । मुटुको शल्यक्रिया गरेपछि नयाँ जीवन पाएको बताउँदै अनाथ बालबालिकालाई हेर्न भगवानले नयाँ जीवन दिनुभएको बताईन् ।

अप्रेसनको सफलताका लागी बालबालिकाले पनि प्रार्थना गरे,‘सबैको सहयोगले नयाँ जीवन पाएर पुरानै काममा फर्किए’ उनले भनिन् ।

चाडपर्व र विदाको समयमा बालबालिकालाई धेरै समय दिन पर्ने बताउँदै जन्मदिने छोराछोरीलाई छोडेर जाने निष्ठुरी आमाबुबाहरू सम्झिएर दयाँ लाग्ने बताउँदै उनी भन्छिन्, ‘भगवानका प्यारो भएका अभिभावकलाई सम्झिएर झनै जिम्मेबार बन्ने प्रयास गर्छु ।’ उनले बालबालिकालाई सधै मायाँ र कुनै अभाव हुन नदिने बताइन्।

बालगृहमा रहेका सबैभन कम उमेरका बेनी नगरपालिका-२ बगरफाँटका रविन परियार र मालिका गाउँपालिका-५ देविस्थानकी मनिषा सुनार उमेरले पाँचबर्षमा प्रवेश गरे । मनिषाले बुबाको अनुहार समेत देख्न पाइनन् भने आमा प्यारालाइसेस भएर थलिएकी आमाका बारेमा समेत सावित्रीलाई जानकारी छ ।

बेनीअनलाइनमै उनका दाजु मनोज विकको समाचार आएपछि उनलाई बालगृहसम्म ल्याइएको उनलाई भेट्न बुद्ध एकेडेमीमा कक्षा ३ मा अध्ययनरत दाजु मनोज र उनका आफन्त आउँने गरेका छन् । बालबालिकाका आफन्तहरूले समेत सावित्रीको मायाँबाट उत्साहित हुदै फर्किने गरेका छन् ।

Leave a Reply