प्रभु बैंक लिमिटेड दरबाङ शाखाले मालिका गाउँपालिकाले स्थापना गरेको ’फुड बैंक’ मा खाद्यान्न सहयोग गरेको छ। लकडाउनका कारण समस्यामा परेका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोगका लागि गाउँपालिकाले सुरु गरेको अभियानमा शाखाका प्रबन्धक बिपिन चोखालले गाउँपालिका अध्यक्षश्रीप्रसाद रोकामगरलाई १२ बोरा चामल र २ प्याक खाने तेल हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा उपाध्यक्ष खरमाया बिटालु, प्रमुख प्रशासकीय अधिकृतसुर्य बहादुर बिश्वकर्मा, मालिका गाउँपालिकाका वडा न. ६ का वडा अध्यक्षसन्तनाथ सुबेदी र स्थानीय समाजसेबी मोतिप्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो । एकमहिना लामो लकडाउन लम्बिने अवस्थामा रोजीरोटी गुमाएकालाई सहयोग गर्न ’फुड बैंक’को स्थापना गरिएको गाउँपालिका अध्यक्ष रोकामगरले बताए।  ‘कोहीपनि भोकै बस्नु नपरोस्,‘एकद्धार प्रणालीमार्फत राहत वितरणको काम भइरहेको छ’ अध्यक्ष रोकाले भने । गाउँपालिकाले ’फुड बैंक’ को स्थापना गरेपछि ब्यक्तिगत तथा संस्थागत रुपमै सहयोग आउन थालेको उपाध्यक्ष विटालुले बताईन् ।

यसैबीच नेपाली कांगे्रस दरबाङबाट १५ बोरा चामल, २ प्याक तेल सहित स्वास्थ्य साम्रागी र सेनिटाइजर समेत हस्तान्तरण गरिएको हिरा पुनले बताए । उनका अनुसार पालिकाको अभियानमा आवश्यकता अनुसार थप सहयोग गर्ने समेत बताए । गाउँपालिका भित्रका सबै वडासँगै बाहिरी जिल्लाबाट आएका मजदुरलाई समेत सेवा दिने गरी खाद्यान्न भण्डार गर्न थालिएको मालिका म्याग्दीकै पहिलो गाउँपालिका बनेको छ ।

Leave a Reply