लकडाउनका कारण पोखरामा अलपत्र म्याग्देलीलाई खाद्य तथा दैनिक उपभोग्य वस्तु वितरण सुरू गरिएको छ। म्याग्दीबाट शिक्षा, रोजगार तथा विभिन्न कारणले पोखरामै अलपत्र परेकालाई म्याग्देली यूवाहरूको प्रयासमा घरदैलोमै राहत वितरण सहित आवश्यक सहयोग गर्ने गरिएको छ ।

अनेरास्ववियू केन्द्रिय सदस्य प्रकाश पौडेल , दिपक बुदुजा पुन, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका यूवा नेता नारायण पुन, नेपाल आइडलका टप ५ भित्र पर्न सफल नेशन पुन लगायतले खाद्यान्न संकलन गरी हेम्जा, लामाचौर, लेकनाथ लगायतका क्षेत्रमा छरिएका ९० घरपरिवारलाई राहत वितरण गरिएको अभियानका सदस्य पौडेलले बताउनुभयो।

‘राहत वितरण गरेको फोटो लिदैनौ,‘दिनेले इच्छा ब्यक्त गर्नुभयो भने तस्वीर लिन्छौ’ पौडेलले भन्नुभयो । लकडाउनका कारण कोठामा अलपत्र परेकाको खाद्यान्न सकिएपछि जानकारी गराउनेलाई सहयोग गर्ने गरेको बताउँदै आवश्यकता परेमा सम्पर्क गर्न समेत टोलीले अनृुरोध गरेका छन् । यूवाहरूको अभियानमा पोखराबासीले समेत साथ दिएका छन् ।

राहत वितरणका बारेमा जनप्रतिनिधिहरुसँग समेत समन्वय भइरहेको बताउँदै आवश्यकता परेमा थप सहयोग गरिने पौडेलले बताउनुभयो । अस्पतालमा विरामी भएका तथा अलपत्र परेकालाई समेत सवारीसाधनबाटै उद्धार गर्ने गरिएको छ । लकडाउनले पोखरामा अलपत्र परेका म्याग्देलीले निम्त नंबरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

नरायण पुन मोवाईल नं ९८४६०४५५६६

प्रकाश पौडेल : मोवाईल नं 9847633676

Leave a Reply