---Advertisement---

लकडाउनको मौका छोपी अराजनीतिक गतिविधि नगर्न माग गदैं बेनीमा प्रर्दशन

On: April 24, 2020 9:21 PM
Follow Us:

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको कार्यशैलीको बिरोध गदैं बेनीमा प्रर्दशन गरेको छ । सरकारले सोमबार जारी गरेका अध्यादेशहरु फिर्ताको माग तथा राज्यको शक्तीलाई प्रयोग गरी विपक्षी सांसद नै अपहरणमा नेकपाका सांसद नै प्रयोग गरी अधिनायकबाद लाद्न खोजको भन्दै बिरोध गरिएको नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले बताउनुभयो ।

‘लक डाउनको पालना गर्दै सामाजिक दूरी कायम गरी बिरोध गरेका छौ’ खत्रीले भन्नुभयो । यो रहर नभई बाध्यता भएको बताउँदै सुरक्षा संयन्त्रको प्रयोग गरी राजनीतिक दलका नेताहरुलाई फसाउने, विपक्षीलाई त्रसित बनाउन देशभरी भइरहेको गतिविधिलाई समेत रोक्न माग गरेको खत्रीको भनाई छ ।

सिंगो देश कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वस्स्पूर्तिका लागि राजनीतिक खेल खेलिरहेको आरोप खत्रीको थियो ।

राजनीतिको फोहोरी खेल खेल्न सरकारले असंवैधानिक र अराजनीतिक तरिकाबाट दुईवटा अध्यादेश ल्याएक नेविसंघका पूर्व सभापति भरत रकालले बताउनुभयो । सरकारले दुवै अध्यादेश फिर्ता गरेपनि विपक्षी बिरुद्ध मच्चाउने आतंकलाई रोक्न नेपाली कांग्रेस म्याग्दीका सहसचिव समेत रहनुभएका रकालले चेतावनी दिनुभयो । जनताका अधिकार हनन गरी अधिनायकवाद लाद्न खोजे आन्दोलनमा उत्रिने चेतावनी पनि नेविसंघले दिएको छ ।

‘अध्यादेश खारेज गर, विधिको शासन लागु गर, विधिको तन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद’ जस्ता नारा लगाउँदै नेविसंघले विरोध प्रदर्शन गरेको हो । बेनीबजारका विभिन्न स्थान हुदै जिल्ला प्रशासन कार्यालग अगाडी आएर बिरोध गरिएको थियो ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन