हरिप्रसाद पौडेल/ सौभाग्य नै मान्नुपर्छ कोरोना महामारीले विश्वमा ४ महिना र नेपालमा १ महिना रजाई गरीरहेको वेलामा म्याग्दी जिल्लाले अपनाएको रणनिति, सामाजिक संघ संस्थाहरुको सहयोगी भुमिका, नागरीकहरुको सदाचारीताले म्याग्दीमा यसको आगमन हुन पाएको छैन ।

म्याग्दी जिल्लाका एकजना विदिेशको भुमिमा कोरोनाकै कारण ज्यान गुमाउनुपरेको तितो घटना देखि वाहेक अरु घटनाहरु सुनिनुपरेको छैन । जिल्लाको सरकारी संयन्त्र, राजनितिक÷नागरीक परिचालन को एकिकृत प्रयासवाट यो सहज र सफल वन्न पुगेको हो।

कोरोना जोखिम न्यूनिकरणका लागी विश्वमानै सवैभन्दा भरपर्दाे मानिएको लकडाउन नेपालमा एकमहिना पुगेको छ र लकडाउन गर्न केही ढिलाई भएको भएतापनी जैले वाट भयो राम्रो प्रयास गनेर सरकारको प्रसंशा नै भइरहेको छ ।

म्याग्दी जिल्लामा पनि लकडाउनको राम्रो पालना भएको पाइएको थियो । सम्पूर्ण स्थानिय तहहरुले आफ्नो क्षमता र जिम्मेवारी अनुसार लकडाउनको प्रयास गरेकै थिए, क्वारेण्टीन वानाउने, अनावश्यक आवतजावत मा रोक लगाउने, राहतलाई सकेसम्म कम विवद रहित वनाउने, विपत ब्यवस्थापन कोष खडा गरी आवश्यकता अनुसार परीचालन गर्ने गरीनै रहेका थिए भने म्याग्दी जिल्लामा कोरोना न्यूनिकरण तथा नियन्त्रणको लागी नागरीक तहवाट समेत यथेष्ट पहल प्रयास र सहयोग भइरहका थिए ।

आवश्यक औजार उपकरणको ब्यवसथा, राज्यका निकायहरुलाई आर्थिक सहयोग, असहाय, मजदुर हरुलाई राहत आदि कार्यक्रमहरु नागरीक तथा नागरीक संगठनहरुले गरेका सफल प्रयासहरु हुन ।

उल्लेखित कार्यको प्रभावले जिल्लामा कोरोना प्रभाव देखिन सेको छैन, तथापी पछिल्ला केही घटनाहरुले जिल्लाले हाल सम्म गरीरहेको प्रयास निरर्थक वन्न सक्ने प्रसस्थ सम्भावनाहरु देखाएको छ । जतिनै राम्रो पर्खाल लगाए पनी प्रखालको जग हल्लाइदिएपछी त्यो विशाल पर्खाल ढल्न समय लाग्दैन यतातर्फ ध्यान नपुगेको जस्तो देखिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रिको जिल्ला भ्रमणका वेला समाचारमा सुनिए अनुसार लकडाउनलाई अझै प्रभावकारी रुपमा कार्यान्वन गर्न निर्देशन दिदै पहँुचको भरमा कोहीपनी आवत–जावत गर्न पाउने छैन भन्ने उर्दि जारी भएको कुरा सुनिएको थियो तर तत्पश्चातनै पहिले भन्दा लकडाउनको उलंघन वढेको महसुुस गरीएको छ । स्थानिय तहहरुले गुनासो गर्न थालेका छन् हामिसंग समन्व नभइकन जिल्लावाहीर रहेका म्याग्देलीहरुलाई ल्याएर वजार छेउ जलजला गापा –पारीवेनी ल्यायर छोडिदै छ , हाम्रा नागरीकहरु त्याँहा अलपत्र पर्न दिनुभएन त्यसैले वाध्यात्मक अवस्थामा हामि पालिकामा प्रवेश गराउन गइरहेका छौ भन्ने पालिकाको गुनासो छ, आन्तरीक ब्यवसथापन जसोतसो गरीरहेको वेलामा यस्ता घटनाहरुले आज सम्मको हाम्रो प्रयास निरर्थक वन्न सक्छ भन्ने चिन्ता समेत वहाहरुको सामाजिक सञ्जालमा छरीएको छ साथै माननियहरुको पहलमा जिल्ला वाहिर असहज परिरहका विद्ययार्थि र मज्दुर जिल्ला भित्र्याउदै छौ भन्ने भनाईहरु समेत सामाजिक सञ्जालमा पाइन्छ भने मानिनियहरुले नै त्यसको खण्डन गरीरहेको समेत देखिएको छ ।

आखिर यो किन भइरहेको छ ?

जिल्ला वाहिर रहेका विध्यार्थि तथा मजदुरहरु एकमहिना सम्म ब्यवस्थापन गरीनै रहेका थिए भने यो सायद अन्तिम अवस्थामा किन हेलचक्रयाई भइरहेको छ, प्रशासन संयन्त्र किन निरिह वनिरहेको छ, किन मुख्यमन्त्रिको निर्देशनको अवज्ञा भइरहको छ, केही ब्यक्तिहरुवाट प्रशासनमा दवाव परिरहेको भन्ने समाचारहरु वाहिरिहरेका छन् यो अत्यन्तै गलत कार्य हो यसको आम नागरीक तहवाट खण्डन हुन जरुरी देखिएको छ ।

हो नागरीकहरु आफ्नो घर फिर्ताहुन पाउनुपर्छ तर फिर्ता कति आवश्यक र कति अनावश्यक भन्ने महत्वपुर्ण हो , सुन्नमा आए अनुसार फिर्ताहुन चाहेका र कतिपय फिर्ताको रोइलो गर्नेहरु कुनै ब्यापार विज्नेसमा रहेका तथा अघिल्ला वर्षहरुपमा समेत मुस्कीलले चाडपर्व मान्न या कानुनि कागजात का लागी मात्र जिल्ला छिर्ने गरेकाहरु समेत छन् भन्ने टिप्पणीहरु हुने गरेका छन् ।

यो अवस्थामा उनिहरु आफै सचेत वन्नुपर्ने होइन र ?जिल्लाको सिमानामा कडाई गरेर जिल्ला भित्रका गतिविधिहरु सुचारु गर्नु यथार्थमा जिल्लाका लागी राम्रो हुने थियो यस अवस्थामा विभिन्न वहानामा जुनखालका आवत जावत भइरहेका छन् यसले दुरगामी जोखिम युक्त असर पार्ने देखिएको छ वेलैमा होस पु¥याऊँ यसमा कसैले जुंगाको हैकम नदेखाऊ सवै मिलेर कोरोना लाई जितौ ।। अध्यक्ष गैसस म्याग्दीका निर्वतमान अध्यक्ष हुन् ।

Leave a Reply