शिब बोहोरा/ कोरोना भाइरसको महामारीको कारण देश लकडाउन भएको छ । अहिले देशभरका विकास निर्माणका कामहरु ठप्प भएका छन् । यस्तो अवस्थामा म्याग्दीको एक ठाउँका स्थानियले भने आफैले सकडक निर्माणको कामलाई अगाडी बढाएका छन् ।

बेनी नगरपालिका–१० पात्लेखेत नेपाने धेरैनीका बासिन्दाले लकडाउनमा आफ्नो गाउँँमा मोटरबाटो निर्माण गरेर उदाहरण प्रस्तुत गरेका छन् ।

गाउँँमा मोटरबाटो नपुगेपछि गाउँँमा उत्पादित कृषिजन्य वस्तु बोकेरै बेनी बजारसम्म ल्याउनुपर्ने बाध्यताका उनीहरूले मोटरबाटो निर्माण सुरु गरेका हुन् । पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिको साथमा गाउँसम्म मोटरबाटो पुगेको हो ।

मोटरबाटो निर्माणका लागि बनेी नगरपालिकाले ४ लाख र पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिले १ लाख रकम संकलन गरी निर्माण अगाडी बढाएका हुन् । उनीहरू निर्माण कार्य गर्दा प्राकृतिक स्रोत–साधनलाई नष्ट नगरी मोटरबाटो निर्माण गरेका हुन ।

मोटोबाटोको अभावले पात्लेखेतमा उत्पादन भएका अदुवा, हर्दीलगायत कृषि सामग्री बजारसम्म पर्याउन गाउँदेखि बोकेर ल्याउनुपर्ने भएकाले बाटो निर्माण गरी कृषकको जीवनस्तर उकास्न गाउँले सक्रिय भएको र मोटरबाटो बनेपछि पात्लेखेत नेपाने धैरेनी समेत पर्यटकीय स्थल बन्ने उपभोक्ता समितिको अध्यक्ष समिर रोका मगरले बताउनुभयो ।

Leave a Reply