---Advertisement---

जन्मदिनको खर्च महाविरको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

On: April 25, 2020 6:20 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालमा भन्दा विदेशमा धेरै हुन्छ। धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ। जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं बेनीका एक यूवा ब्यवसायीले नेपाली बैज्ञानिक महाविर पुनले स्थापना गरेकार राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरी मनाउने गर्नुभएको छ।

बेनी नगरपालिका–७ संगमचोकका सुविन श्रेष्ठले केन्द्रलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । ‘मोवाईल बैकिङमार्फत केन्द्रको खातामा जम्मा गरेको छु,‘भविस्यमा समेत जन्मदिनमा रचनात्मक क्षेत्रमै सहयोग गर्ने योजना छ’ उनले भने ।

राष्ट्रिय आविस्कार केन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि पिपिर्ई तथा अन्य सामागी्र निर्माण गरिरहेको प्रति धन्यवाद व्यक्त गर्दै सो अभियानलाई योगदान पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरिएको उहाँको भनाई छ ।

म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रले कोरोना विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई तथा अन्य सामाग्री निर्माण गरिरहेको कार्यलाई सम्मान गर्दै सहयोग गरेको बताउनुभयो ।

विगतमा बाल संगठनको पूर्व सचिव समेत रहनुभएको श्रेष्ठले हरेक जन्मदिन बाल संगठनमा रहेका अनाथ बालबालकी संग मनाउदै आउनुभएको थियो। बालगृहमा बेलाबेलामा विभिन्न सहयोग समेत गर्ने गर्नुभएको छ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन