इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानलाई म्याग्दीका मुस्लिम समुदायले कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण घरमै बसेर नमाज आदा सुरू गरेका छन्।

हरेक बर्ष रमदानको अवसरमा विभिन्न कार्यक्रमहरू तथा बेनीमा सहयोग गरी मनाउने गरेको म्याग्दी मुस्लिम समाजले नेपाल सरकारको लकडाउनलाई पालना गदैं पर्वतबेनीमा अवस्थित मस्जिदमा गरिने सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परालाई यसपटक आफ्नै घरमा गरिएको सेवा समितिका अध्यक्ष रहमद खाँ बताउनुभयो ।

‘लकडाउन यता नियमित पूजा बाहेक मस्जिद बन्द गरेका छौ,‘यसपटक सबैलाई घरमै बस्न अपिल गरिएको छ’ उहाँले भन्नुभयो । एक महिनासम्म दिनभर निराहार ब्रत अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गरिन्छ । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको समाजका पूर्व कोषाध्यक्ष अन्जित खानले बताउनुभयो ।File photo : ‘यो पर्वमाविहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई वर्त बस्ने प्रचलन रहेको छ,‘ रमजानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ’ अगुवा खानले भन्नुभयो । मुस्जिदमा धर्मगुरुले मात्रै नमाज आदा गर्ने गरेका छन् ।

रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो ।म्याग्दी तथा आसपासका क्षेत्रमा करिव १ सयबर्ष अगाडी भित्रिएका मुस्लिम समुदायहरू मध्ये अहिले करिव ३० घरधुरीमा करिव २ सय ५० जना बसोबास गर्छन्।

Leave a Reply