---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई सहयोग

On: April 26, 2020 11:33 AM
Follow Us:

बेनी नगरपालिका-८ कालिपुलकी एक यूवतीले आफ्नो जन्मदिनको अवसरमा बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न साम्रागी सहयोग गरेकी छन् । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर महंगो खर्च गर्ने संस्कार बढिरहेको अवस्थामा कालिपुलकी सोनिया पुनले बालगृहमा रहेको १३ जना बालबालिकालाई खाद्यान्न सहयोग गरेकी हुन्।

जन्मदिनकै अवसरमा पुनले बेनीबजारमा रहेका छाडा पशुचौपाया र कुकुरलाई समेत खानेकुरा खुवाइएकी थिईन् । ‘जन्मदिनको अवसरमा अभिभावकविहिन बालबालिकालाई सहयोग गरेको छु,‘भविस्यमा पनि सहयोगलाई निरन्तरता दिन्छु’ पुनले भनिन् । आफ्नो क्षमता अनुसार बालगृहका बालबालिकासँग जन्मदिन मनाउन पाउँदा खुसी लागेको पुनको बताईन् ।

जन्मदिनमा अनावश्यक खर्च गर्न मन नलाग्ने भएकाले रचनात्मक कार्य गरेर मनाइको पुनको भनाई छ । पुन बेनीबजारमा हुने विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुने गरेकी छन् । कालिपुलमा रहेको यूवा क्लवमार्फत यसअगाडी समेत पुनको अगुवाईमा बाढीपहिरो पीडितलाई समेत खाद्यान्न सहयोग गरिएको थियो ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन