विज्ञान र प्रविधिको खोज र आविष्कारका लागि विगत डेढ वर्षदेखि निरन्तररुपमा सक्रिया राष्ट्रिय आविष्कार केन्द्र नेपालले ‘एन ९५’ भन्दा गुणस्तरीय मास्क उत्पादन गरेको जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनले सामाजिक संजाल फेसबुक मार्फत गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको जानकारी दिएका छन् ।
अध्यक्ष डा. पुनका अनुसार यस मास्कमा हेपा(एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको छ । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दा पनि राम्रोसँग ०.३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको डा. पुनले जानकारी दिए ।

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्वय प्रदिप कार्की र नविन अधिकारीले गरेको पुनले बताए ।
नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उहाँले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई सामाजिक सञ्जालमार्फत धन्यवाद समेत दिएका छन् ।

यसको उपयोग कोरोनाको उपचार गर्दा डाक्टर र स्वास्थ्यकर्मीहरुले प्रयोग गरि सकेका मास्कहरु, ग्लोबहरु र भाइजरहरु लाई किटाणु रहित बनाउन प्रयोग हुने जनाइएको छ । अब (युभिसी) बाकस बनाएर अस्पतालहरु लाई र कोरोनको उपचार गर्ने सेन्टरहरु लाई दिने उनले बताएका छन् ।राष्ट्रिय आविष्कार केन्द्रले पिपिई,मास्क लगाएत कोरोना संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको सुरक्षाका लागि आवश्यक सामाग्री निर्माण गरिरहेको छ ।

Leave a Reply