मालिका गाउँपालिका–३ रुम इग्रेकी दुर्गा विकले गाउँमै पोषिलो खानेकुरा सहितको कोशेली पाईन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले समस्यामा परेका सुत्केरी महिलालाई लक्षित गरी गाउँपालिकाले वितरण गरेको एक÷एक क्रेट अण्डा र आधा लिटर ध्यूसँगै कोरोनाको संक्रमणबाट जोगिने उपायले विकलाई धेरै सहज भयो ।

उनीसँगै वडा नं ३ भित्र २० जना सुत्केरीलाई घ्यु र अण्डा वितरण गरिएको थियो । अमरज्योती माविमा भेला भएका सुत्केरी महिलालाई लकडाउनका कारण पोषिलो खानेकुराबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताईन् ।

‘गाउँपालिका भित्रका सबै वडामा यो अभियान सञ्चालन गछौ,‘सुत्केरी महिलाको सबै विवरण उपलब्ध भएलगत्तै वितरण गरिन्छ’ उपाध्यक्ष बिटालुले भनिन् । आर्थिक रुपमा विपन्न सुत्केरी महिलालाई पोषिलो खानेकुरा जुटाउन धौ–धौ पर्ने भएकाले थप सहयोगको प्रतिबद्धता जनाएको उपाध्यक्ष बिटालुको भनाई छ ।

झोलिलो खानेकुरा अन्तरगत पर्ने ज्वानोको झोल, दूध, गेडागुडी र प्रोटिनयुक्त मासु, सागपात, गेडागुडी, फलफूलजन्य खानेकुरा सहज उपलब्ध नहुदाँ समस्या भएपछि गाउपालिकाले आलु आवमा ७ वटै वडाका सुत्केरी महिलालाई २० लाख रुपैयाँ बिनियोजन गरेको थियो । गाउँपालिका भित्र करिब ४ सय सुत्केरीको अभिलेख रहेको छ ।

Leave a Reply