म्याग्दीमा सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटीको पाँचौ अधिवेशनबाट सन् खम थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा सरकारले गरेको लकडाउनले विभिन्न स्थानमा रहेका लायन्सको सामूहिक भिडियो कन्फ्रेन्सबाट सम्पन्न भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुवर्ण रिजाल, द्धितिय उपाध्यक्षमा भोजबहादुर रिजाल, तृतिय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा सन्दिप खत्रि, कोषाध्यक्षमा नन्दकुमार पाईजा चयन भएको निवर्तमान अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।

अधिवेशनबाट सदस्यता विस्तार संयोजक सचिन शाक्य, एलसीआएफ संयोजक बामदेव रिजाल, मार्के्टिङ कम्युनिकेसन चेयर पर्सन दिपक श्रेष्ठ, पब्लिक रिलेसनसिप डाइरेक्टरमा हरिकृष्ण गौतम, हेल्थ डाइरेक्टरमा दुर्गा बुढा, एजुकेशन डाइरेक्टरमा जेनिस श्रेष्ठ, स्र्पोट्स डाइरेक्टरमा देवेन्द्र फगामी लगायत विभिन्न पदमा निर्वाचन गरिएको छ ।

भिडियो कन्फेन्समा क्लबका निवर्तमान अध्यक्ष श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो भने जोन चियर पर्सन लोकेश पुन मगरलाई प्रमुख आतित्यतामा ग्रहण गराइएको थियो । बैठकमा क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती समेत रहेको थियो ।

नवनिर्वा्चित अध्यक्ष थापाले क्लबललाई पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता र नयाँ कार्यक्रमहरुका बारेमा लकडाउन पछिको बैठकबाट तय गर्ने बताउनुभयो । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको उपाध्यक्ष, म्याग्दी जेसीजका निर्वतानमा अध्यक्ष समेत रहनुभएका थापा म्याग्दीको सामाजिक तथा मानवीय सेवामा सक्रिय हुनुहुन्छ।

Leave a Reply