सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी महारानीको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । लकडाउनका कारण औपचारिक कार्यक्रम नगरिएपनि विभिन्न माध्यमको प्रयोग गरी सम्पन्न भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रेस्मा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा भिमकुमारी सुबेदी, तृतिय उपाध्यक्षमा जुनु उदास, सचिबमा चन्द्रा घले, कोषाध्यक्षमा सरिता श्रेष्ठ, सहसचिव सुस्मिता श्रेष्ठ, सहकोषाध्यक्ष सिला श्रेष्ठ चयन भएका छन् । अधिवेशनबाट तेल टुइस्टर संगिता श्रेष्ठ, खेलकुद संयोजक निर्मला श्रेष्ठ, स्वास्थ्य संयोजक टकदेबी पुन, सदस्यता विस्तार संयोजक आशा शेरचन, एलसीआएफ संयोजक अपर्णा श्रेष्ठ, पब्लिक रिलेसनसिप डाइरेक्टरमा दिलमायाँ पुन र रिर्पोटिङ डाइरेक्टरमा सारिका लामा चयन भएको प्रथम उपाध्यक्ष रेस्मा श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनमा पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठको उपस्थिती रहेको थियो । म्याग्दी जिल्लामा लायन्समा आवद्ध रहेर महिलाले समेत विभिन्न सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले क्लवको स्थापना गरिएको थियो । क्लवमार्फत विभिन्न रचनात्मक कार्यक्रमसँगै आयमुलक तालिम समेत सञ्चालन हुने गरेको छ।

Leave a Reply