कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ ।विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९ सँग सम्बन्धित नकारात्मक समाचार र सूचनाको प्रवाह, शयन कक्ष कार्य कक्षको रुपमा परिणत हुनु, चलचित्र हेर्दै र भाइरस संक्रमणको त्रासले सुत्ने बानीले जोखिममा पार्न सक्छ ।

“लक डाउनले दिनचर्या नराम्ररी प्रभावित भएको छ, सबैभन्दा बढी मेरो सुत्ने चक्रमा फरक परेको छ । मैले नियन्त्रण गर्नुपर्छ तर पनि बढी खाने र सुत्ने बढी हुँदैछ ।”– २३ वर्षीया छात्रा नलिनि खत्री भन्छिन् । “मैले आफ्नो नियमित दैनिकी र सामान्य जीवनयापन गुमाएको छुु, उनले थपे ।

नलिनि झैं धेरै सर्वसाधारणले आफ्नो सुत्ने बानी प्रभावित भएको गुनासो गर्छन् । “दिनमा गर्न हुने केही काम नभएकोले दुईदेखि तीन घण्टा सुत्छु तर राति सुत्ने समयमा निद्रा लाग्दैन,ु स्थानीय एक बैंकमा कार्यरत ३२ वर्षीय रणधीर कार्की बताउनुहुन्छ । भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारलाई सहयोग गर्दागर्दै आफ्नो दैनिकी नराम्ररी प्रभावित बन्न पुगेको उनी थप्छन् ।

लक डाउनले अनियमित सुत्ने र दिनचर्याले जनजिवन प्रभावित भइरहँदा चिकित्सकले भने शारीरिक र मानसिक रुपमा स्वस्थ्य र स्फूर्त हुन स्वस्थ्य जीवनशैली अपनाउन सुझाउँछन् ।जनस्वास्थ्य विज्ञ डा। रबिन्द्र पाण्डेका अनुसार स्वस्थ्य जीवनशैली भनेको प्राकृतिक एवम् आन्तरिक प्रकृया हो जसमा आठ घण्टा सुत्ने, आठ घण्टा काम गर्ने र आठ घण्टा रमाउनुपर्छ ।

तर लक डाउनले सुत्ने शैलीमा बदलाबसँगै चुनौती समेत थपेको छ । दिनमा पनि मानिस घण्टौं सुत्न चाहेका छन् । यस्तो बानीले स्वास्थ्य र मानसिक रुपमा समस्या निम्तिने डा। पाण्डे बताउँछन् ।अनियमित सुताइले मोटोपना हुने, मधुमेह, हृदयरोग, मृगौला रोग, अल्जाइमरको समस्या निम्तिन सक्ने उहाँले तर्क गर्नुभयो । त्यसैले राति कम्तिमा आठ घण्टा सुत्ने र दिनमा अधिकत्तम एक घण्टा दिनमा सुत्नु उपयुक्त हुने डा। पाण्डे सुझाउँछन् ।मानव मस्तिष्कको आफ्नो तालिका हुन्छ । वा भनौं विश्राम दिने सत्र हुन्छ । यदि त्यसमा केही समस्या आए सुत्ने शैली नै भङ्ग हुन जाने डा। पाण्डे भन्छन् ।

महामारीको वर्तमान स्थितिमा स्वास्थ्य, आर्थिक अवस्था, सुरक्षा जस्ता सबालहरु असुरक्षित भइरहँदा सुत्ने बानीमा समस्या आए जीवनमा नकारात्मकता बढ्छ र त्यसले धेरै सोच्ने एवम् दीर्घकालका लागि मानसिक तनाब निम्तिने जोखिम आउनसक्ने उनको तर्क छ ।

नियमित शारीरिक अभ्यास गर्नु, योग गर्नु, पर्दामा हेर्ने समय कटौती गर्नु, स्वस्थ्य खाना तथा आहार लिनु तथा किताब पढ्ने जस्तो बानी बसालेर आफूलाई ब्यस्त र संलग्न बनाइराख्नु उपयुक्त हुने जनस्वास्थ्य विज्ञ डा। पाण्डे सुझाउँछन् । र यसले अनियमित सुत्ने र विभिन्न रोगको प्रकोप निम्तिने जोखिमबाट पनि टाढिन सहयोग पुर्याउने उनले बताए ।

मनोविज्ञ डा। प्रकाश बूढाथोकीले सक्रिय र ताजा रहनुका साथै बाँकी समयमा समर्पित हुन कम्तिमा आठ घण्टा सुत्न सुझाउँछन् ।लामो समयसम्म ल्यापटप वा मोबाइल स्क्रिनमा हेर्दा मनोवैज्ञानिक क्रमभङ्गता निम्ताउन सक्ने डा। बुढाथोकी भन्छन् ।

प्रत्येक ३० सेकेण्डमा स्क्रिनबाट केही समयका लागि आँखालाई आराम दिनु आवश्यक हुने डा। बुढाथोकीले सुझाए । “प्रत्येक जनाले मापदण्ड बमोजिम सुत्ने शैली अपनाउनुपर्छ र उक्त शैली, प्रत्येक दिन र लक डाउनको समयमा समेत पालना गर्नुपर्छ,ु डा। बूढाथोकी सुझाउँछन् । गोरखापत्र दैनिकमा खबर छ ।