राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीले जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा केन्द्रिय इन्र्चाज महेश बस्नेतको संलग्नता भन्दै प्रकाशित समाचारमा गम्भिर ध्यानार्कषण भएको जनाएको छ । राजनीतिक रुपमा स्वच्छ छवि बनाएर भक्तपूरको विकासमा सक्रिय रहेका नेकपाका केन्द्रिय सदस्य समेत रहेका बस्नेतलाई राजनीतिक प्रतिशोध साधेर गरिएको हल्लामा कुनै सत्यता नभएको विज्ञप्तीमा जनाएको छ।

‘मुलुकको भविष्यको रुपमा रहेको सक्षम यूवालाई ब्यक्तिगत लान्छना लगाइएको छ,‘राजनीतिक घटनालाई अपराधिक गन्ध दिने प्रयासलाई स्वीकार गरिदैन’ विज्ञप्तीमा भनिएको छ ।

जिल्ला संयोजक प्रविण शाही र सचिव सन्दिप खत्रीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा कुनैपनि अराजनीति गतिविधिलाई स्वीकार नगरिने बताइएको छ। जनता समाजवादी पार्टीले नेकपाका सांसद बस्नेत, किसान श्रेष्ठर पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टी फुटाउनको लागि महोत्तरी पुगेर आफ्ना सांसद डा यादवलाई अपहरण गरी काठमाण्डौमा ल्याएको आरोप लगाउँदै आएको छ ।

Leave a Reply