रुपन्देहीको भैरहवाबाट पैदल र खाद्यान्न बोक्ने सवारीसाधनमा लुकिछिपी म्याग्दीको मंगला गाउँपालिका-३, खर्क आएका दुई महिलालाई क्वारेन्टाइनमामा राखिएको छ । विभिन्न ठाउँमा सवारीसाधन परिवर्तन गदैं बेनीसम्म आएर पैदलमार्ग हुदै बरंजा पुगेका दुवैजनालाई बुधबार मंगला माविमा रहेको क्वारेन्टाइनमा राखिएको नेपाल यूथ काउन्सिल बरंजा प्रतिनिधि हरि कँडेलले बेनीअनलाइनलाई जानकारी दिए ।

मंगलबार राती गाउँमा आएको जानकारी पाएलगत्तै वडा अध्यक्ष कविन्द्र रोका, तातोपानी प्रहरी चौकीका प्रहरी जवान रुद्ध मगरले क्वारेन्टाइनमा राख्ने गरी बावियाचौर पठाएका थिए । गण्डकी प्रदेश भित्रको नवलपूर बाहेकका जिल्लाबाट आएकालाई होम क्वारेन्टाइनमामा राख्ने र अन्य गण्डकी प्रदेश बाहेकका जिल्लाबाट आएकाले अनिवार्य १४ दिन बस्नुपर्ने नियम अनुसार लुकिछिपी र सिधै स्थानीय तहको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा पठाइएको हो ।

जिल्लाका स्थानीय तहमा गण्डकी प्रदेश बाहिरबाट आएका क्वारेन्टाइनमामा रहेका छन् भने प्रदेशभित्रका घरभित्र परिवारभन्दा अलग्गै बस्नुपर्ने र स्थानीय समुदायसँग घुलमिल हुन नपाउने गरी जनप्रतिनिधिले समेत निगरानी गर्ने गरेका छन् । जिल्लामा कडा सुरक्षाका बीच लुकिछिप प्रवेश गर्ने क्रम रोकिएको छैन् । बरंजामा यसअगाडी समेत छिमेकी जिल्ला बागलुङबाट आएकालाई बाटोबाटै र घरभित्र समेत प्रवेश गरेको अवस्थामा फिर्ता पठाइएको छ ।

Leave a Reply