बागलुङ जिल्लाको बरेङ गाउँपालिका-३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको बुधवार दिउसो निधन भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा ह्दयघात भएर निधन भएको हो । घाइते खनालको मंगलवार राती ह्दयघात भएको थियो । सोही ह्दयघातको कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

बैशाख ८ गते गुल्मी जिल्ला चन्द्रकोट गाउॅपालिका-४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको सोही दिन नै मृत्यु भएको थियो । घाईत खनाल र उनकी श्रीमती रुपा खनाललाई उपचारका लािग तत्कालै पाल्पा अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भोलिपल्ट विहान किर्तिपुरको फायर अस्पतालमा लगिएको थियो । दुवैको सोही अस्पतालमा उपचार भइरहेको थियो । अहिले श्रीमती रुपाको अवस्था सामान्य छ । स्थानीय निर्वाचनमा खनाल तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

Leave a Reply