भर्चुअल कक्षा र बास्तविकता

0

राजन बानियाँ / विद्यालयहरूले अनलाइन कक्षा सन्चालन गर्न खोज्नु समयसापेक्ष छ र स्वभावैले परिवर्तन ,फरक कुरा खुज्नु रोज्नुलाई आन्यथा लिन मिल्दैन प्रविधि को तीब्र विकास भैरहेको आजको सन्दर्भमामा प्रविधि सङ्ग घुलमिल हुनु समयसमान्दर्भिक नै हो ।

नेपालको सन्दर्भमा प्रविधिका विभिन्न माध्यम अपनाएको उदाहरणहरूको रुपमा रेडियो तालिमलाई लिन सकिन्छ आज भन्दा दुई दशक पहिला देखिनै दुर शिक्षा, शिक्षक तालिम तथा चार पाँच वर्ष पहिलेदेखिनै नेपाल सरकारले अन्य संघ संस्था सङग मिलेर भर्चुअल पठन सामाग्री ,इलाइब्रेरीको सन्चालन गरिसकेको र तीन बर्ष पहिले देखिनै खुला विश्व विद्यालयले अनलाइन पठन्पाठान सुचारु गरिसकेको अबस्थामा अहिले अन्लाईन कक्षा संचालन गर्ने कुरा कुनै नौलो अपरिचित हुन सक्तैन।अनलाइन न कक्षा सन्चालन्का विभिन्न तरिका हुन सक्छन् ।

दुर दराजमा रहने आर्थिक अबस्था नाजुक भएका र प्रविधिसम्बन्धि ज्ञान नभएका विद्यार्थीहरुको लागि विशेष राहत प्याकेज दिएर रेडियोबाट,टिभिबाट सहज देखिन्छ भने बजार तथा अलि सुबिधा सम्पन्न ठाउँहरूमा विभिन्न प्रबिधिहरुको पहुँच जस्तै टेलिफोन नेट्वर्क डेटा,वाईफाईको माध्यामबाट गर्न सम्भब देखिन्छ।त्यसको लागि खाचो छ त कसरी र कस्ले गर्ने भन्ने कार्यविधिको आवश्यकता छ ।

अब कुरा गरौं अहिले अनलाइन वा भर्चुअल कक्षा सम्बन्धी अनलाइन मिडियाहरुमा चलेका बहसहरुको भौतिक कक्षा संचालन गर्ने विद्यालयहरुले तत्काल अनलाइन कक्षा सुरु गरेको देखिन्छ त्यो भन्दा पहिला आफ्ना अभिभावकहरुको प्रविधी सम्बन्धि कत्तिको पहुँच र ज्ञा न छ सो कुरा अध्ययन बिना नै प्रतिस्पर्धात्मक रुपमा आएको जस्तो छ भने कतिपय शहरी क्षेत्रहरूमा विभिन्न सफ्टवेयर तथा एप्सको माध्यम बाट अनलाइन रिजल्ट तथा पठनपाठनको अभ्यास पहिले देखिनै भएको पाहिन्छ।

यसरी आ (आफ्नो विद्यार्थी तथा अभिभावकको साथै कतिपय शिक्षकहरूको प्रविधि सङ कत्तिको ज्ञान छ सो कुराको नजरान्दाज गर्न मिल्दैन त्यसो गरिएमा बिपन्न बर्ग फेरि पनि शिक्षाको पहुँचबाट टाढिन सक्छ्न वा सबैलाइ नसमिटिने हुन सक्छ। अझैपनि म्याग्दीका ग्रामिण बस्तीहरूमा टु जी इन्टनेट सेवा समेत छैन् ।

विपन्नको घरमा एउटा राम्रो मोवाईल समेत नहुनसक्छ । अभिभावक गरिबीले पिल्सिएको छोराछोरीले कसरी अनलाइन शिक्षा लिन सम्भव छ । सहरबजारमा यो सुविधाले सहज हुनसक्छ नत्र गाउँमा हात्ती आयो हात्ती आयो फुस्स जस्तै हो । भौतिक कक्षा सन्चालन गर्ने कति पय विद्यालयहरुले अनलाइन वर्षको परिक्षाफल समेत प्रकाशित गर्न नसकिरहेको बर्तमान परिस्थितिमा हतारमा र प्रतिस्पर्धाको रुपमा भर्चुअल कक्षा सन्चालन गरिनु दुर्भाग्यपूर्ण हुनसक्छ ।

तसर्थ विभिन्न आवस्यक अनलाइन डेटा संकलन गरेर आफ्नो वास्तविक धरातल बुझेर मात्र तेसो गर्न सके अर्थपूर्ण र प्रभावकारी हुनसक्छ।भौतिक कक्षा सन्चालन गर्ने विद्यालयहरुको आगि यो एउटा माध्यम हो विकल्प होइन ।बरु विकल्पको रुपमा खुला विद्यालयको परिकल्पना गरौ जहाँ प्रबिधि जान्ने र पहुँच हुने सबैले अध्यन अध्यापन गर्न गराउन सकुन । लेखक राष्ट्रिय मावि घतानका गणित विषयका शिक्षक हुन् ।

Leave a Reply