पोखरामा एक महिना भन्दा बढिको लकडाउन (बन्दाबन्दी)का कारण समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय रुपमा लागि परेको छ । अध्ययन,रोजगारी,मजदुरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द भएपछि समस्यामा परेका म्याग्देलीहरुलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेको व्यवस्थापनमा खाद्यान्न लगाएतका सामाग्रीहरु वितरण गरिएको छ ।

एक महिना लामो लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाउँदा समस्यामा परेका व्यक्तिहरुलाई म्याग्दी–पोखार चौतारीका उपाध्यक्ष घिमिरेले वैशाख २ गते पोखरामा मजदुरी गर्ने म्याग्दीका १८ घरपरिवारलाई आफ्नै खर्चमा चामल,दाल,लगाएतका खाद्यान्न सहयोग गर्नुभएको थियो ।त्यसैगरी आज बिहीबार म्याग्दी पोखरा चौतारी र हरिकृष्ण गिरी (विज्ञान) को आर्थिक सहयोगमा ३७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको उपाध्यक्ष घिमिरेले जानकारी दिनुभयो।पोखराका विभिन्न स्थानमा रही ज्याला मजदुरी गर्ने र समस्यामा परेका व्यक्तिहरुको खोजी गरी सहयोग गर्ने क्रम जारी रहेको र समस्यामा परेकाहरुलाई आगामी दिनमा पनि म्याग्दी–पोखरा चौतारीले निरन्तर सहयोग गर्ने उपाध्यक्ष घिमिरेले बतउानुभयो । सहयोग अभियानमा म्याग्दी–पोखरा चौतारीका पदाधिकारीहरु,हरिकृष्ण गिरी,किरण सापकोटा,प्रेमशकर बारूवाल, गोकर्ण बरुवाल्, टेकबहादुर खत्री लगाएत लागिपर्नुभएको उपाध्यक्ष घिमिरेले बताउनुभयो ।

Leave a Reply