बेनी अस्पतालमा स्यानिटाइजर टनेल राखिएको छ । प्रोगेशिभ इञ्जिनियर एशोसियसन अफ नेपाल (पिन) जिल्ला समिति म्याग्दीले गण्डकी तथा धौलागिरी क्षेत्रका इञ्जिनियरहरुको प्राबिधिक सहयोगमा निर्मित टनेल एक कार्यक्रम गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । ‘होलबडी’ स्यानिटाइज हुन्छ। चिटिक्कको घर जस्तै देखिने टनेलभित्र प्रवेश गर्दा ध्यान दिनुपर्ने सम्पूर्ण विवरण समेत बाहिर लेखिएको छ । अस्पतालमा प्रवेश गर्ने विरामी, स्वास्थ्यकर्मीलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल,अस्पताल प्रमुख डा. अमृत अधिकारीलाई हस्तान्तरण गरिएको हो । कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन पचास हजार खर्चमा निर्मित टनेलभित्र १० लिटर क्षमताको ट्यांकीमा स्यानिटाइजर राखिएको छ । पर्दामा सेन्सर राखिएको टनेलभित्र प्रवेशगर्दा वित्तिकै १० सेकेन्डसम्म पूरै शरीर स्यानिटाइज हुन्छ । पिनका प्रदेश सदस्य इश्वर भण्डारी,पिन म्याग्दीका अध्यक्ष कृष्ण रिजाल, सदस्य विष्णु रिजालले हस्तान्तरणपछि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । टनेल निर्माण गर्न म्याग्दीको अन्नपूर्ण गाउपालिका–१ घर भई हाल अमेरिकामा रहनुभएका गोविन्द बिकले सहयोग गरेका थिए । यसअगाडी बेनीको प्रवेशद्धारमा समेत टनेल राखिएको छ ।

Leave a Reply