काठमाण्डौमा रहेका म्याग्देलीहरू आवद्ध रहेको एक संस्थाले लकडाउनले समस्यामा परेका म्याग्दीको बरंजा र भकिम्लीका विद्यार्थी र दिर्घरोगीलाई सहयोग गरेको छ।

बरंजा–भकिम्ली माईटी कुटुम्ब समाज काठमाण्डौले लामो लकडाउनले शिक्षाको सिलसिलामा काठमाण्डौमा रहेका बेनी नगरपालिका-३ भकिम्ली र मंगला गाउँपालिकाको ३ र ४ बरंजाका १८ जना विद्यार्थीलाई खाद्यान्न, अशक्त दिर्घरोगी र नियमित औषधी सेवन गर्ने ११ जनालाई दुई महिनालाई पुग्ने औषधी उपलब्ध गराइएको समाजका अध्यक्ष कमल पुनले बताए ।

‘हामीले दुखसुखमा साथ दिन संस्थाको स्थापना गरेका छौ,‘कुनैपनि समस्या भएमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ’ अध्यक्ष पुनले भने ।

बिश २०६९ सालमा स्थापना भएको संस्थामार्फत भकिली, बरंजा सहित प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गदैं आइरहेको छ । कानुनी रुपमै दर्ता भएको संस्थाले भविस्यमा पनि थप योजना सहित अगाडी बढ्ने जनाएको छ । समाजले बेनी नगरपालिका वडा नं ३ भकिम्ली, मंगला गापा वडा नं ३ र ४ मा बसोबास गर्नेहरु बाहेक विभिन्न क्षेत्रमा समेत सहयोग गदंैं आइरहेको छ । संस्थाले बर्षेनी दर्जनको हाराहारीमा सामाजिक कार्य गर्ने गरेको छ ।

Leave a Reply