नवलपरासी जिल्लाको बर्दघाटबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान फर्किएका एक दम्पत्तीलाई भुरुङ तातोपानीको क्वारेन्टाइनमा राखिएको छ। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन भारतीय सिमा क्षेत्रबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनुसार ज्येष्ठ नागरिकलाई उचित रेखदेख गर्ने गरी क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘समुदायमा अपरिचित मान्छे देखिएमा जानकारी दिनुपर्छ,‘ संक्रमणबाट जोगिन आवश्यक संयन्त्र परिचालन गरेका छौ’ सुबेदीले भन्नुभयो ।गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा रहेको कमाण्ड पोष्ट बैठकको निर्णय अनुसार गण्डकी प्रदेश भित्रको नवलपूर बाहेकका जिल्लाबाट आउनेलाई होम क्वारेन्टाइन र बाँकी जिल्लाबाट आएकालाई क्वारेन्टानइमा राखेर पठाउने गरिएको छ ।

हाल भुरुङ तातोपानीको क्वारेन्टाइनमा नवरपरासी बाहेक चितवनबाट आएका २ जना र काठमाण्डौबाट आएका ३ जना छन् । गाउँपालिका भित्र प्रवेश गर्ने सवारीसाधनहरूको निगरानीलाई थप कडा बनाउने,बेनी–जोमसोम सडकखण्ड अन्तरगत महभिरको पुलमा अनुमति प्राप्त सवारी साधन वाहेक अन्य सवारी साधानलाई प्रवेश दिइने छ । गाउँपालिकाले ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने तयारीमा समेत छ ।

Leave a Reply