पश्चिम म्याग्दीको दरबाङमा विजुलीको काम गरिरहेको अवस्थामा करेन्टले दुवै हात गुमाएका एक यूवाको उपचारमा आर्थिक समस्या देखिएको छ । गत बैशाख १२ गते विद्युत सम्बन्धि काम गरिरहेको अवस्थामा गम्भीर घाईते भएका मंगला गाउँपालिका वडा नं २ बावियाचौरका खिमबहादुर पुनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

काम गरिरहेको अवस्थामा एक्कासी शरीरमा करेन्ट प्रवाह भएपछि पुनको दुवै हातमा असर गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएकी पुनको प्राथमिक उपचारपछि काठमाण्डौमा पुर्याइएपनि उपचारमा थप आर्थिक समस्या देखिएको आफन्तको भनाई छ ।

विपन्न परिवारका पुनको आर्थिक अभावकै कारण उपचारमा देखिएको समस्यालाई मध्यनजर गरी सहयोग संकलन गरिरहेको आर्थिक सहयोग सुरु गरिएको मंगला यूथ क्लवका विकास केसीले जानकारी दिए । क्लव र लायन्स क्लव बावियाचौरले उपचारमा सहयोग जुटाउने अभियान सञ्चालन गरेको छ । चिकित्सकका अनुसार पुनको एउटा हात काटेर फालिएको छ भने अर्को समेत काम नलाग्ने अवस्थामा रहेको छ ।

Leave a Reply