कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेको बेलामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोटका ३० बर्षिय एक यूवामा डेंगु पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचारर्थ बिरामीमा डेंगुको संक्रमण देखिएको बेनी अस्पतालका डा.मनोज घिमिरेले बेनीअनलाइनलाई जानकारी दिनुभयो । जिल्लामा डेंगुको संक्रमणबाट जोखिन जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन अति आवश्यक रहेको डा.घिमिरेको बताउनुभयो ।

गत बैशाख ८ गते जिल्लाको मंगला गाउँपालिका–५,अर्मन सिर्कुमका १७ बर्षिय यूवामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको थियो । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि ल्याव परीक्षणमा डेंगु पोजेटिभ देखिएपछि बिरामीको अस्पतालमै उपचार भइरहेको छ ।

डेंगु एडिस नाम गरेको लामखुट्टेबाट सर्ने रोग हो । मौसम परिवर्तनसँगै मुसाबाट सर्ने स्क्रब टाइफसको लक्षण देखिएका बिरामीको आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो समस्या देखिने पाटन स्वास्थ्य प्रतिष्ठानबाट बेनी अस्पतालमा कार्यरत डा. अजय गौतमले बताउनुभयो । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने डा. गौतमको भनाई छ ।

डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउनुपर्ने चिकित्सकको भनाई छ। गतबर्ष म्याग्दीमा १२ जना डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमितको दर हेर्दा म्याग्दीमा यसबर्ष बिरामीको संख्या बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply