अस्पतालमा छटपटाइरहेकी अबोध बालिका कृशिखा

3

तीन बर्षमा पाइला चालिरहेकी कृशिखा विक गाउँको स्कुलमा पढ्न जान्छिन् । घरमा एक्ली छोरी अनि, आफन्त र गाउँटोल छरछिमेकी सबैकी प्यारी कृशिखाको सुन्दर भविष्यको लागि शुसीला र कमल विकले समेत अनेक सपना बुनेका छन् । घरायसी अवस्था अत्यन्त कमजोर भएकाले कृशिखाको राम्रो शिक्षादिक्षा, पालनपोषण, परिवारको सपना साकार पार्नका निमित्त डेढबर्ष ऋणधन खोजेर वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक ओमन हानिए । यता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शुसीलाले छोरी कृशिखाको रेखदेखसँगै घरायसी काममा ब्यस्त हुन्थिन् ।

गरिबको झुपडीमा मिठो-नमिठो खाएर दिन विताइरहेका थिए । शुसीला र कमलले धन कमाएर सहर–बजारमा ठूलो महल बनाउने सपना देखेका छैनन् । पाउद्धार गाउँकै झुपडीलाई दरबार सम्झिएर सधै मुस्कान, पेटभरी पुग्ने गास, स्वास्थ्य र छोरीको उचित शिक्षाका लागी दिनरात संघर्ष गरिरहेका थिए ।

समून्द्रपारी ओमनमा कमलले बगाएको पसिना, गाउँमा शुसिलाको संघर्षका यात्रामा दुबै खुसी थिए। ओमनमा करिब डेढबर्षमा कमलले कमाउन थालेपछि शुसिलाले बुनेका सपनाका पाइलाहरू पच्छाउँदै थिईन् ।

साँच्चै फुरफुर–फुरफुर नाँच्दै घरआगनमा डुल्ने पुतली जस्तै नाच्ने कृशिखा हुर्किदै थिईन् । आमाको मोवाइलमा गीत बजाएर नियमित दुवै हात हल्लाउँदै नाचगान गर्ने गरेकी कृशिखाको नाच देखेर सबै दंग पर्थे । घरआगन आसपासमै खेल्ने गरेकी कृशिखाको गत बैशाख ३ गते कहालिलाग्दो घटना घट्यो। घर आसपासमा साथीहरू सँगै खेल्दै गरेको अवस्थामा विद्युत ट्रान्सफर्मर नजिक पुगेपछि करेन्टले अचेत अवस्थामा गाउँमा सामान्य उपचार गरी काठमाण्डौको किर्तिपुर अस्पतालमा पठाइयो। शुसिला र कमलको सुन्दर सपनामा एका–एक कालो वादल मडारियो । करेन्टले दुबै हात गुमाएकी अबोध बालिका अहिले अस्पतालमा संघर्ष गरिरहेकी छन् ।

विद्युत ट्रान्सफर्मरमा पर्दा कुमबाटै हात काटेर फालिएको कृशिखाकी फुपु देबी विश्वकर्माले बताईन्।‘उपचारमा प्रयाप्त पैसा छैन्,‘एउटा सुन्दर भविस्यलाई करेन्टले छियाछिया पारिदियो’ विश्वकर्माले बेनीअनलाइनलाई भनिन् ।

लकडाउनको समस्याका कारण आवतजावत गर्न समेत मुस्किल भइरहेको अवस्थामा उपचारमा समेत प्रयाप्त आर्थिक अभावले समस्या भइरहेको बताईन् । उनका अनुसार एउटा हात कुमबाट काटेर फालिएको अवस्थामा अर्को हात समेत फाल्नुपर्ने अवस्थामा रहेको बताईन् । ‘तीनपटक अप्रेसन भइसक्यो,‘अब अर्को अप्रेसनको तयारीमा डाक्टर जुटेका छन्’ बालिकाकी आमा शुसिलाले भनिन् । उनले छोरीको दुबै हात गुमेको अवस्थामा ईश्वरले हात थामेपनि अस्पतालमा छोरीको छेउमा बसेकी उनको १६ दिनसम्म पनि आँखा ओभाएका छैनन्।

‘आँसु थाम्ने शक्ति मैले पाएको छैन्,‘लुकाउन खोज्छु छोरीको अवस्था देखेर एकैछिनमा आँसु बगिहाल्छ’ उनले भनिन् । अस्पतालमा छोरीलाई साथ दिन पुगेका भाईको सहयोगले केही सहज भएको उनको भनाई छ । यसैबीच आफन्तले समेत उपचारमा सहयोगको अपिल गरेका छन् ।

Leave a Reply