---Advertisement---

नगरपालिकालाई पाण्डे मेडिकलले एक लाख बराबरको स्वास्थ्य साम्रागी सहयोग

On: May 2, 2020 9:14 AM
Follow Us:

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन विभिन्न रचनात्मक काम गदैं आइरहेको बेनीबजारको न्यूरोडमा सञ्चालित पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई एक लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको औषधी सहयोग गरेको छ ।

ब्यवसायसँगै स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थालाई सहयोग गदैं आइरहेको मेडिकल हलका सञ्चालक प्रमोद महतो र बिजय अधिकारीले नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीलाई विभिन्न रोगको उपचारमा प्रयोग हुने एक लाख सात हजार ४०० रुपैयाँ मूल्य बराबरको पाँच प्रकारका औषधी निशूल्क उपलब्ध गराएको हो । ‘यो सहयोगलाई नगरबासीको उपचारमा प्रयोग गछौं,‘यहाँको निरन्तर सहयोगले उत्साहित छौ’ मेयर श्रेष्ठले भन्नुभयो ।

यसअगाडी समेत नगरपालिकालाई मेलिकल हलले कोरोना बिरुद्ध लड्न मास्क, स्यानिटाइजर लगायतका साम्रागी सहयोग गरेको सञ्चालम महतोले बताउनुभयो । ‘सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यमा निरन्तर सहयोग गछौं,‘स्वास्थ्यका क्षेत्रमा आगामी दिनमा पनि निरन्तर सहयोग गर्नेछौ’ महतोले भन्नुभयो । बेनीमा सञ्चालित पाण्डे मेडिकल म्याग्दीकै पुरानो मेडिकल मध्येमा पर्छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन