कोभिड १९ को संक्रमण बढ्दै जाँदा सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी बेनीको प्रकाश माविले अनलाइनबाट पढाउन सुरू गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई विषयगत शिक्षकले जुम एप्सको प्रयोग गरी अनलाइन पद्धतिबाट अध्यापन गराइरहेको विद्यालयका शिक्षक सन्तोष सुबेदीले बताए।

‘नियमित विद्यार्थीको सम्पर्कमा छौ,‘हामीले प्रविधिको प्रयोग गरी घरमै बसेर कक्षा लिन वातावरण बनाएका छौ’ अंग्रेजी विषयका शिक्षक सुबेदीले भने । उनका अनुसार एसइई स्थगित भएपछि तयारीमा जुटेका विद्यार्थीलाई प्राथमिकता दिएर अन्य कक्षामा अध्ययनर विद्यार्थीलाई समेत जोड्ने प्रयास गरेको बताए ।

मोबाइल, ल्यापटप, डेस्कटपबाट समेत प्रयोग गर्न सकिने अर्का शिक्षक टेकप्रसाद सुबेदीले जानकारी दिए । उनका अनुसार केहीदिन परिक्षण समेत गरिएको थियो ।जुमबाट जोडिन नसक्ने विद्यार्थीसँग मोबाइलमा समेत कुराकानी गरेर समेत समस्या समाधान गरिरहेको शिक्षकले जनाएका छन् ।

विद्यालयले अभिभावकसँग जोडिने गरी सामाजिक सञ्जालमा समेत नियमित कुराकानी गर्ने गरेको जनाइएको छ । अनलाइन शिक्षाको प्रयोग लकडाउनमा गरिएपनि भविस्यमा समेत उपयोगी हुने विद्यालयले जनाएको छ। अनलाइन कक्षा सञ्चालनका लागि शिक्षकले आफ्नो ल्यापटपमा समेत आवश्यक तयारी गर्ने र आवश्यकता परेका विद्यार्थीलाई फेसबुकको म्यासेजमा समेत पठाउने गरेका छन् ।

Leave a Reply