प्लस टुका विद्यार्थीहरुको ‘स्कुले माया’ बजारमा

0
459

प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले ‘स्कुले माया’ नाम लोक दोहोरी गीत तथा भिडियो बजारमा ल्याएका छन् । नव गायक उदय भुषालले बजारमा ल्याएको उक्त गीतमा उनको आफनै स्वर रहेको छ भने भने उनलाई म्याग्दीकी गायिका कुमारी पुनले साथ दिएकी छन् । गायक उदय प्लस टुमा अध्ययनरत छन् भने प्लस टुमै अध्यनरत विरोश क्षेत्री, बागलुङ र सुस्मिता किसान, म्याग्दी तथा गायक उदयकोे अभिनय रहेको छ ।

यस गीतको म्युजिक भिडियोको छायाङ्कन भुपेन बानियाँको र कोरियोग्राफी लव थापाको रहेको छ । म्याग्दीका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको यस गीतमा स्कुल पढ्दैगर्दा लाएको मायालाई उच्च शिक्षा प्राप्तगर्न शहर लागेपछिको विरानोपनलाई सरल शब्दहरुमा स्मरण गरिएको छ ।

हेमन्त कान्छाको लय तथा सङ्गीत, कुशल सर्जक घायलश्रीको शब्द तथा म्याग्दीका चर्चित लोक दोहोरी गायक तथा मोडल ध्रुव जिसीको निर्देशनमा तयार भएको ‘स्कुले माया’को भिडियो बैशाख १९ गते शुक्रबार दिनको चार बजे क्रिएटिभ मिडियाको युट्युब च्यानलबाट प्रशाण भएको हो ।