अपांगता समुदायको समस्या बुझिदेऊ सरकार !

0

रोग नियन्त्रण तथा रोकथामका लागि अनायासै गर्नुपरेको बन्दाबन्दीका कारण आम नागरिकको दैनिक जीवनमा अनेक समस्या आइपरेका छन् । हाम्रै स्वास्थ्य र सुरक्षाका लागि सरकारले अवलम्बन गरेको उपायमा नागरिककले घरभित्रै बसेर सहयोग नै गरिरहेका छन् । तर उसै त उपेक्षा र समस्यामा बाँचिरहेका अपांगता भएका व्यक्तिको दिनचर्या झनै कष्टकर भइरहेको छ । सूचना, सेवा÷सुविधा तथा भौतिक पहुँचमा थप अवरोधझेल्नुपरिरहेको छ भने मानसिक तनाव बढेको छ ।

सरकारले लकडाउन लागू गर्न लागेको सुइँको पाएसँगै कैयौं मानिस घर जाने तयारीमा लागे र गए पनि । तर सुन्ने शक्ति नभएकाव्यक्तिलाई त बन्दाबन्दी हुने, घर जानुपर्ने अवस्था आउनेबारे जानकारी नै भएन । भिन्न प्रकृतिका अपांगता भएका मानिसका भिन्न भिन्नै समस्या, आवश्यकता र पहुँचका माध्यम तथा उपायछन् । तर राज्यले नै पहिचान गरेका विभिन्न प्रकृतिका अपांगता भएका नागरिकका आवश्यकतातथा पहुँचका सवाल सम्बोधन गर्न केन्द्र, प्रदेश तथा स्थानीय सरकार कसैको ध्यान पुगेको छैन ।  अपांगता भएका नागरिक र तिनका विविधतार्ला के कसरी सम्बोधनगर्ने भन्नेबारेराज्य बेसरोकारजस्तै भएको छ ।

बन्दाबन्दीको सुरुवाती दिनमै हेमोफिलिया अपांगता भएका नागरिकको जीवन रक्षाका लागि नेपालमा कुनै औषधिको व्यवस्था गरिएको छैन ।  नागरिकप्रति राज्य जिम्मेवार हुनुपर्छ भन्ने मान्यताबमोजिम स्वास्थ्य मन्त्रालय र तालुकदार निकाय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा औषधिको व्यवस्थाको माग गर्न जाँदा सामान्य अवस्थामा समेत जुन हिसाबले जवाफ पाइन्थ्यो, त्यो सम्झिँदा नै काफी हुन्छ ।

ओखतीमूलो आम नागरिकको जस्तै अपांगता भएका व्यक्तिको पनि पहिलो आवश्यकता हो र यो आधारभूत अधिकार राज्यले जुनसुकै हालतमा पनि पूरा गर्नुपर्छ । स्पाइनल इन्ज्युरी भएका ह्विल चियर प्रयोगकताका आफ्नै पीडा र आवश्यकता छन् । ह्विल चियर प्रयोगकर्ताभित्र समेत विविधता हुन्छन् । कतिलाई दिसापिसाब आएको समेत पत्तो हुन्न । उनीहरूलाइ दैनिक सहयोगी तथा सरसफाइ सामग्रीको आवश्यकता पर्छ ।

अपांगता भएका नागरिकका संघ÷संस्थाअपांगता भएका नागरिक तथा समुदायका समस्या, पहुँच, आवश्यकता तथा अधिकार पहिचान गर्ने, समाधानका उपायनिकाल्ने र आवश्यक सेवा÷सुविधा तथा सूचना पु-याउन सहजीकरण र समन्यव गर्ने भरपर्दा र विश्वसनीय  माध्यम हुन् । देशव्यापी सञ्जालका रूपमा रहेका अपांगता भएका समुदायका संघ÷संस्थाले आफ्नोे नेतृत्व वर्गबाट प्राप्त जानकारी÷सल्लाह÷सुझावअनुसारैसमस्या समाधान गर्ने गर्छन् ।

ओखतीमूलोको समस्या होस् वा खाने सामानको अथवा सूचना तथा सञ्चारसँग सम्बन्धित समस्या होस्, तिनको सम्बोधन गर्न अपांगता भएका नागरिकले आफ्नोे नेतृत्वकर्तालाई गुहार्ने गरेका छन् । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि तथा अपांगता अधिकार ऐनलगायत ऐन–कानुनले अपांगता भएका नागरिकको अधिकार, आवश्यकता तथा पहुँचका अधिकार सुनिश्चित गर्न राज्यका निकायलाई जिम्मेवार बनाएको छ । राज्यले उपलब्ध गराउनुपर्ने सेवा÷सुविधा तथा गर्नुपर्ने व्यवस्था  ऐन÷कानुनमै स्पष्ट रूपमा उल्लेख छन् ।

तर त्यसरी प्रबन्ध गरिएका व्यवस्थाकार्यान्वयन नहुँदा एवं अपांगता भएका नागरिकआधारभूत अधिकारबाट समेत वञ्चित भएका छन् । र, यस्ता व्यक्ति एवं उनीहरूका संघ÷संस्थाले नै असहज अवस्था भोग्नुपरिरहेको छ । यस्तो अवस्थामा उनीहरूको सवाललाई गम्भीर रूपले सम्बोधन गर्न नेपाल सरकारले अपांगता समुदाय भित्रबाटै सम्पर्क व्यक्ति तोक्न जरुरी छ, जसका लागि हामी स्वयंसेवा गर्न तयार छौं ।

म स्वयं बहिरा व्यक्ति भएका कारण बहिरा समुदायको सवाल तथा आवश्यकता स्वाभाविक रूपमा मसमक्ष नै बढी आउँछन् । सामान्य अवस्थामा पनि सञ्चार अभावमा घरपरिवार तथा समाजमा हेपाइको अवस्थामा गुम्सिएर बस्न बाध्य हामी बहिरा समुदायलाई यो बन्दाबन्दीका बेला झन् सूचना तथा सञ्चारको महत्व र आवश्यकता कति रहेछ भन्ने कुरा टड्कारो रूपमा महसुस भएको छ । बन्दाबन्दीको यो समयमा पलपल नया“–नया“ सूचना, सन्देश तथा जानकारीआइरहेका हुन्छन् ।

भाइरसको संक्रमणबाट बच्न अवलम्बन गर्नुपर्ने सुरक्षा तथा सजगताका उपायतथा पालना गर्नुपर्ने नियम, दैनिक उपभोग्य वस्तुको उपलब्धता तथा कुनै समस्या आइपरे, कहा“ कसरी सम्पर्क गर्ने भन्नेलगायत सूचनारेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जालमार्फत निरन्तरप्रसारण भइरहेका  हुन्छन् । तर त्यस्ता सूचनामा बहिरा समुदायको पहुँचमापुग्न सकेको छैन । राष्ट्रपति, प्रधानमन्त्रीलगायतबाट विभिन्न सन्देशजारी भइरहेका हुन्छन्, तर ती कुरा बहिरा समुदायसम्म पुग्ने गरी सांकेतिक भाषामा प्रसारण भइरहेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा कोरनाभाइरससम्बन्धी सूचना पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने गरेको छ ।राष्ट्रियअपांग महासंघ तथा राष्ट्रिय बहिरा महासंघ नेपालको निरन्तरको पहलकदमीपश्चात मन्त्रालयले त्यो कार्यक्रम दोभाषेमार्फत सांकेतिक भाषामा समेत प्रसारण गर्ने गरेको हो ।जुन ज्यादै महत्वपूर्ण थालनी हो । सूचनाको सशक्त माध्यम रेडियोबाट प्रसारितजानकारी÷सन्देश तथा समाचारमा त हामी बहिरा नागरिकको पहुँच पुग्नेकुरै भएन । मूलतः दृश्यात्मक सञ्चार गर्ने बहिरा नागरिकको पहुँच भएको माध्यम टेलिभिजनबाट नेपाली सांकेतिक भाषामा समाचार तथा सूचना प्रसारण गर्नुपर्ने उत्तरदायिŒव अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

राहत कहाँबाट कसरी पाउने ? फारम कहाँ, कसरी भर्ने ?ह्विलचियर प्रयोगकर्ता वडा कार्यालयसम्म कसरी पुग्ने ?श्रवण÷दृष्टिविहीन अपांगता भएका व्यक्तिले सूचना कसरी पाउने? फारम कसरी भर्नेलगायतविषयमा अपांगता भएका समुदायले पर्याप्त सूचना र पहुँच प्राप्त गर्न सकेका छैनन् । डेरामा बस्ने अपांगता भएका व्यक्तिलाई राहत, उपचार, औषधिलगायत सेवा÷सुविधा उपलब्ध गराउन देशैभरि सहज उपाय अवलम्बन गरिनुपर्छ ।साथै यस अवस्थाबाट पाठ सिकी भविष्यमा अपांगता भएका समुदायका लागि विशेष नीति तथा कार्यनिर्देशिका नै तयार गर्न आवश्यक छ । त्यसका लागि आवश्यक संरचना एवं जनशक्तिको विकास गर्न जरुरी छ, ताकि भोलिका दिनमा हुनसक्ने यस प्रकारका महामारी तथा प्राकृति प्रकोपमाअपांगता भएका समुदायले आफूलाई एक्लो र उपेक्षित महसुस गर्न नपरोस् ।

सरकार तथानिजी क्षेत्रले अन्य विद्यार्थीका लागि अनलाइन सिकाइका कार्यक्रममार्फत वैकल्पिक शिक्षाको व्यवस्था गरेका छन् । तरआफ्नोअभिभावकस“ग दोहोरो सञ्चार गर्नसमेत नसक्ने बहिरा विद्यार्थीका लागि अनलाइन अध्ययनको व्यवस्थाबारे कुनै तयारी गरिएको छैन । जसका कारण उनीहरूमा मानसिक समस्या उत्पन्न हुने खतरा बढेको छ। बहिरा समुदायलाई लक्ष्य गरीटेलिभिजनमार्फत सांकेतिक भाषामा पढाउनेप्रबन्ध मिलाउन आवश्यक छ ।
अहिलेको अनपेक्षित र असहज अवस्था कुनै भूगोल, समुदाय तथा आस्थाप्रति मात्र केन्द्रित होइन । त्यसकारण पनि अपांगता भएका समुदायमा काम गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ÷संस्था, विश्व स्वास्थ्य संगठन, विश्व बहिरा महासंघ, विश्व दृष्टिविहीन महासंघलगायतसंस्थाले यस महामारी तथा संक्रमणबाट अपांगता भएका व्यक्तिलाई बचाउन विभिन्न प्रकृतिका सूचनामूलक पहुँचयुक्त सामग्रीनिर्माण गरिरहेका छन् ।

साथै विभिन्न देशमा अपांगता भएका समुदायलाई लक्ष्य गरी विभिन्न सचेतनामूलक क्रियाकलापसञ्चालन गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस अवस्थामा अपांगता भएका नागरिक थप जोखिममा परेको तथ्यपनि सार्वजनिक गरिसककेको छ । तसर्थ नेपाल सरकारले कोरोना भाइरस महामारीको यो विपद्मा अपांगता भएका समुदायका आवश्यकता  सम्बोधन गर्नु र त्यसका लागि आवश्यक समाचार, सूचना तथा जानकारी बहिरा समुदायले पनि बुझ्न पाउने गरी सांकेतिक भाषामा प्रसारण गर्न अपरिहार्य छ ।

बन्दाबन्दीमा महामारीबाट बच्न अपनाउनुपर्ने सजगताका उपाय, पालना गर्नुपर्न नियम, समस्या पर्दा समाधानका लागि सम्पर्क गर्नुपर्ने निकाय, राहत तथा सेवा÷सुविधाबारे जानकारी,अपांगता भएका व्यक्ति पहिचान गरी उनीहरूलाई राहत तथा सेवा÷सुविधा उपलब्ध गराउने, दैनिक औषधोपचार गर्नुपर्ने अपांगता भएका व्यक्ति पहिचान गरी उनीहरूको उपचारलगायत व्यवस्थाका लागि केन्द्रदेखि स्थानीयतहसम्मका सरकारले तत्काल कदम चालिहाल्न जरुरी छ । सम्पूर्ण सञ्चारमाध्यमलाई समेत राज्यले सोहीबमोजिम परिचालन गर्नुपर्छ । अपांगता भएका व्यक्ति जोखिममा पर्नु भनेको समग्र मानव समुदाय नै जोखिममा पर्नु हो । अपांगता भएका समुदायका लागि राज्यले अवलम्बन गर्नुपर्ने विशिष्टीकृत कार्यक्रम तथा सामाग्रीनिर्माण तथा ती कुरा सम्बन्धित समुदायसम्म पु¥याउनका लागि समन्वय गर्न अपांगता भएका व्यक्तिका संघ÷संस्था सदैव तत्पर छन् ।
अध्यक्ष, राष्ट्रिय बहिरा महासंघ नेपाल 

Leave a Reply