सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी मल्लाजको शनिबार भएको अधिवेशनबाट वर्ष २०२०–२१ को लागि अध्यक्षमा बलीभद्र कडेल (राजु) चयन भएका छन् । शनिबार पर्वत बेनीको आमा समुहको भवनमा सामाजिक दुरी कायम गरी सम्पन्न भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा बिक्रम सुवेदी,द्धितिय उपाध्यक्ष पुष्कल ढुंगाना, तृतिय उपाध्यक्ष दल बहादुर जिसी, सचिवमा चन्द्रबहादुर क्षेत्री (बाबु), कोषाध्यक्षमा बिवेक हमाल, सहसचिवमा बमबहादुर केसी, सहकोषाध्यक्षमा अर्जुन पौडेल चयन भएको क्लवका अध्यक्ष दिनेश बानियाँले बताए ।

अधिवेशनबाट मेम्बरसिप डाइरेक्टरमा रबिन जिसी, टेलसिस्टरमा लक्ष्मीनिधि रिजाल (बिमल), टेम्बरमा नारायण पौडेल, रिपोर्टीङ अफिसरमा किरन कार्की, हेल्थ डाइरेक्टरमा शिवबहादुर कार्की, कम्युनिटि डाइरेक्टरमा दुर्गा भण्डारी, स्पोर्ट डाइरेक्टरमा राजकुमार परियार, बिजनेस डाइरेक्टरमा सुरेन्द्र श्रेष्ठ र पिआरओमा कृष्णराज सुवेदी चयन भएको क्लवले जनाएको छ । अधिवेशनमा संस्थापक अध्यक्ष देबेन्द्र बहादुर भण्डारी, जोन चियरपर्सन दिलिपकुमार बरुवाल, निवर्तमान श्रीलाल चापागाई लगायतको उपस्थिती रहेको थियो।

क्लवको लकडाउनपछि पदस्थापन तथा नेतृत्व हस्तान्तरण हुने छ । लकडाउनको अवधिमा म्याग्दी र पर्वतमा रहेका लायन्स क्लवको धमाधम अधिवेशन भइरहेको छ । पर्वतबेनीमा सक्रिय रहेको क्mलवले स्वास्थ्य शिविर, पुस्तकाय कोष स्थापना, लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय हुने गरेको छ । छिमेकी म्याग्दीको सदरमुकाम बेनीमा हुने धेरै कार्यक्रममा लायन्स क्लव अफ बेनी मल्लाजको उपस्थिति हुने गरेको छ।

Leave a Reply