---Advertisement---

क्यान म्याग्दीले बेनी अस्पताललाई स्यानिटजर सहयोग

On: May 2, 2020 8:05 PM
Follow Us:

कम्प्युटर एशोसियसन अफ नेपाल म्याग्दी शाखाले बेनी अस्पताललाई स्यानीटाइजर सहयोग गरेको छ । आइटी डे को अवसरमा म्याग्दी शाखाका अध्यक्ष बामदेव रिजालले ५ हजार बराबरको स्यानिटाइजर खरिद गरी सहयोग भएको हो ।

कोभिड–१९ को जोखिमका बेला अग्रपंतिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र अस्पतालमा आउने बिरामीलाई प्रयोग गर्न उक्त सहयोग हस्तान्तरण गरिएको शाखाका सचिव लालबहादुर बहादुर कार्कीले बताए ।

कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले ब्यक्तिगत तथा संस्थागत सहयोगले अस्पताललाई सहज भएको बताए । म्याग्दी जिल्लाका कम्प्युटर ब्यवसायीको साझा संस्था क्यानले यसअगाडी समेत विभिन्न रचनात्मक कार्य गदैं आइरहेको छ। क्यानले पेशागत हकहितसँगै सामाजिक कार्यमा समेत प्राथमिकता दिने गरेको छ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन