सामाजिक संस्था लायन्स क्लब अफ बेनी सिटीको बर्ष २०२०-२१ अध्यक्षमा अमृत बानियाँ निर्विरोध चयन भएका छन् । कोभिड–१९ को संक्रमण बढ्दै जाँदा सरकारले गरेको लकडाउनलाई मध्यनजर गदैं सामाजिक दुरी कायम गरी सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा रुद्ध बहादुर बानियाँ, द्धितिय उपाध्यक्ष राजु बानियाँ, तृतिय उपाध्यक्ष तुल्सिनाथ सुबेदी, सचिव अन्जित खान, कोषाध्यक्ष तप्त बहादुर भण्डारी, सहकोषाध्यक्ष महेन्द्र श्रेष्ठ, सहसचिव लक्ष्मण केसी चयन भएका छन् ।

त्यस्तै गरी टेलसिस्टरमा गंगा प्रसाद शेरचन, टेमरमा सुरेन्द्र हमाल, खेलकुद निर्देशक अमृतप्रसाद शर्मा, मेम्बरसिप डाइरेक्टरमा हिमाल श्रेष्ठ, हेल्थ डाइरेक्टरमा खेम केसी,कम्यूनिटी डाइरेक्टर इन्द्र मगर, बिजनेश डाइरेक्टर टिकाराम न्युरे, मिडिया डाइरेक्टरमा नविन केसी चयन भएको अध्यक्ष कृष्णसिंह बानियाँले बताए। नवनिर्वाचित अध्यक्ष बानियाँले विगतका कार्यलाई निरन्तरता दिदैं समुदायमा लायन्स मार्फत विभिन्न रचनात्मक कार्यहरु सञ्चालन गर्ने बताए । उनले लकडाउन पछि पदस्थापन लगत्तै बार्षिक कार्यक्रम तय गर्ने बताए । क्लवले म्याग्दीमा स्वास्थ्य शिविर, सामाजिक कार्यका साथै आफ्नो क्लवमार्फत विभिन्न रचनात्मक कार्य गदैं आइरहेको छ ।

Leave a Reply