(कविता)मौन विद्रोह

0

म यति मौन छु
र यति विद्रोही किन बनि रहेछु
यो व्यस्त बजारमा
यो भिडभाड बिचमा
सब हिंडी रहेछन् आफ्नै कर्ममा
चलि रहेछन् आफ्नै धुनमा
र म मौन छ यो भिडमा
तर कसैले नसुन्ने गरि
वादविवाद छ आफै भित्र
तर्क वितर्क भैरहेछन् ।
देखे पछि,
अव्यवस्थित शहरहरु,
जथाभावि फ्याँकिएका फोहोरहरु,
हिंड्ने बाटोकै छेउमा
बेच्न राखिएका सामानहरु
आफ्नै गतिमा हिडिरहेका
मलिन अनहारहरु
परानै शैली पच्छाएका
भविष्यका कर्णधारहरु,
अरबौँ बजेटले पनि
बन्न नसकेका पुर्वाधारहरु
बिमार भएपछि
उपचार गर्न नसक्ने भएपछि
मान्छे बचाउन हस्पिटलले
बिमारी पष्टि गरिदिएको
चिट्ठी समातेर
हात जोड्दै गरेका बृद्ध बाबा आमाहरु,

सब देखेर पनि
म यति मौन छ
र यति विद्रोही किन बनि रहेछु
सम्झीएर,
चिया गफमा भेटिने मित्रहरु,
राम्रो पोष्टमा काम गरेरै पनि
भविष्यको चिन्ता व्यक्त ति आवाजहरु
दिनरात खटिएरै पनि
छोराछोरी पढाउन नसकेरै
म्यानपावर धाउदै गरेका
प्रिय मित्रहरु,
त्यो बेला, जतिबेला, बुद्धिले भन्दा
म उमेरले साच्चै विद्रोही थिएँ,
त्यही विद्रोही मान्छेको अगाडि
एउटा बच्चा काखमा च्यापेर
अर्कोलाई समातेर, श्रीमति रुवाउँदै
त्यो गेटबाट एयरपोर्ट
छिर्दै गरेका ति चित्रहरु
सब चिज सम्झिएर पनि
म यति मौन छु
बादविवाद छ आफैभित्र
तर्क वितर्क चलिरहेछ
तर यति विद्रोही किन बनि रहेछु
सायद मलाई जस्तै
यो भिडमा पनि चली रहे होला
मौन विद्रोह अरुमा पनि ।

बिनोद बानिया “बिकाश”

 

Leave a Reply