म्याग्दीमा एकैदिन तीन जनामा डेंगु संक्रमण देखिएको छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा बैशाख महिनामै डेंगु संक्रमितको संख्या ५ पुगेको छ ।

एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५, भिरमुनी र वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बेनीअनलाइनलाई बताउनुभयो । ‘म्याग्दीको ग्रामिण बस्तीमा धमाधम डेंगु संक्रमित भेटिएका छन्,‘उहाँहरूको ट्राभल हिस्ट्री पनि छैन’ डा.बस्टाकोटीले भन्नुभयो ।

बैशाख महिनामा चार पुरुष र एक महिलामा डेंगुको संक्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको डा. बस्ताकोटीको भनाई छ । पाँचजना बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामिण क्षेत्रमै संक्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा. बस्ताकोटीको भनाई छ । म्याग्दीमा ल्याव परीक्षणमा एकैदिन तीनजना बिरामीमा डेंगु पोजेटिभ देखिएको यो पहिलो भएको जनाइएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासका कारण लकडाउनमा आवतजावत समेत नहुदाँ पाँचजना डेंगु संक्रमित भेटिएको अवस्थामा राजमार्गमा नियमित सवारीसाधन सञ्चालन भएमा बिरामीको संख्या थपिने भन्दै सर्तकता अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । यसअगाडी पश्चिम म्याग्दीको मंगला गापा–५ सिर्कुम र मालिका गापा–४ ओखरबोटका एक यूवामा डेंगु देखिएको थियो ।

डेंगुको संक्रमणको जोखिम ग्रामिण क्षेत्रको तुलनामा सहरबजारमा हुने भएपनि म्याग्दीमा भेटिएका पाँचजना बिरामी नै ग्रामिण क्षेत्रको भएकाले यसबर्ष बिरामीको संख्या बढ्ने अनुमान गरिएको अस्पतालका डा. मनोज घिमिरेले बताउनुभयो।

गतबर्ष म्याग्दीमा १२ जनामा डेंगु र १ जजामा स्क्रब टाइफसका देखिएको थियो। डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो ।डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकत आवश्यकता रहेको चिकित्सकले बताएका छन् ।

Leave a Reply