कोरोना भाइरस संक्रमणका कारण म्याग्दी बौद्ध संघले बुद्ध जयन्ती यस वर्षको बुद्धजयन्ती घरमै प्रार्थना र पूजापाठ गरी मनाउने भएको छ । बुद्धजयन्ति तथा लुम्बीनी दिवस समारोह समिति बेनीले भगवान गौतम बुद्धको २६४४ औं बुद्धजयन्ति तथा लुम्बीनी दिवस–२०७७ लाई तय गरिएको नियमित कार्यक्रमहरू स्थगित गरी साझँ दीप प्रज्वलन गरेर दीपावली गरिने मनाउने निर्णय गरेको संघका सचिव याम शाक्यले बताउनुभयो ।

‘बुद्ध बिहारमा कुनैपनि कार्यक्रम गरिने छैन्,‘सबैले घरमै मनाउन अनुरोध गरेका छौ’ शाक्यले भन्नुभयो । विगतमा ३ दिनसम्म अस्पतालका बिरामीलाई फलफुल वितरण र द्वन्द्व व्यवस्थापनमा बुद्ध शिक्षाको महत्व विषयक विचार गोष्ठी,बुद्ध पुजा ज्ञानमाला भजन तथा धर्मदेशना र माविस्तरीय बौद्ध हाँजिरीजवाफ रनिङ शिल्ड प्रतियोगिता र शान्ति पदयात्रा, बौद्ध विहारमा मुल कार्यक्रम तथा रथयात्रा एवं दिपावली गर्ने गरिएको थियो ।

बुद्धजयन्तीको अवसरमा यूवा बौद्ध संघले बिहारमा सरसफाई समेत गरेको छ । २०५३ सालमा म्याग्दीमा बौद्ध संघ गठन गरी संघमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको थियो। इशापूर्व ६ सय २३ मा आजभन्दा २६३८ वर्ष पहिले नेपालको लुम्बीनी अञ्चलको कपिलबस्तु जिल्ला अन्तर्गत तौलिहवामा जन्मिएका गौतम बुद्धलाई सत्य, त्यागी र अहिंसावादी तथा महामानव एवं एसियाका ताराका रुपमा चिनिन्छ ।

Leave a Reply