पश्चिम म्याग्दीको दरबाङमा विजुलीको काम गरिरहेको अवस्थामा करेन्टले दुवै हात गुमाएका मंगला गाउँपालिका वडा नं २ बावियाचौरका खिमबहादुर पुनको उपचारमा विश्व मगर संघ बेल्जियमले आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका पुनको आर्थिक अभावकै कारण उपचारमा देखिएपछि महासंघका अध्यक्ष लोक बहादुर रानाको पहलमा ९७ हजार ९३१ रुपैयाँ सहयोग प्राप्त भएको पीडित पुनका आफन्त आशा बुढाथोकीले बताउनुभयो ।

‘दुवै हात गुमेपछि उपचारसँगै रेखदेखमा सहयोग आवश्यक छ,‘नियमित उपचार र औषधीमा धेरै पैसा खर्च हुन्छ’ बुढाथोकीले भन्नुभयो । शरीरमा करेन्ट प्रवाह भएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी पुनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पीडितको अवस्थामा बारेमा जानकारी पाएपछि संस्थामार्फत सहयोग गरिएको संघका अध्यक्ष रानाले बताउनुभयो ।

‘उहाँले हात गुमाएपनि हिक्मत गुमाउनुहुदैन्,‘हामीले गरेको सहयोगले केही राहत मिल्ने अपेक्षा गरेका छौ’ अध्यक्ष रानाले भन्नुभयो । पीडित पुनलाई मंगला गाउँपालिकाबाट विश्वभर रहेकालाई उपचारमा सहयोगको अपिल समेत गरिएको छ । यसअगाडी समेत विश्व मगर संघ बेल्जियमले म्याग्दीका साथै देशका विभिन्न जिल्लामा समस्यामा परेकालाई आर्थिक सहयोग सहित विभिन्न रचनात्मक कार्यहरु गरेको छ ।

Leave a Reply