बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा २ लाख ५८ हजारभन्दा बढी सहयोग गरेका छन् । कोरोना बिरुद्धको अभियानमा १ करोडको कोष बनाएको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ५१ हजार १५१ लगायत उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्यले सहयोग गरेको प्रबक्ता रामकृष्ण बराईलीले बताउनुभयो ।

उहाँका अनुसार कोषमा कर्मचारीले १ लाख ६५ हजार ५५५ एकमुष्ठ सहयोग गरेका छन् । संकटको समयमा राज्यलाई सकेको सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएकाले प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीले आफ्नो इच्छा अनुसार सहयोगथ गरेका छन् । नगरपालिकाले न्यू वेष्ट प्वाइन्टमा क्वारेन्टाइन सहितको जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। ‘लकडाउन’को अवधिमा वडा–वडामा समेत प्रतिनिधिले सक्रियता देखाएका छन् । कोरोना भाइरसबाट बच्नका लागि माइकिङ एबं सूचना प्रवाह गर्ने लगायतका कार्यहरु समेत भएका छन् ।

Leave a Reply